शुभशेर राईको परिवारले ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङका लागि रु १६ लाख ९० हजार नौ रकम हस्तान्तरण

खोटाङ, ६ भदौ । शुभशेर राईको परिवारले ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङका लागि रु १६ लाख ९० हजार नौ रकम हस्तान्तरण गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षा सेवा गर्नुभएका स्व शिक्षक राईको सम्मान तथा सम्झनामा परिवारका १९ सदस्यले सङ्कलन गरेको रकम आइतबार प्रतिष्ठानलाई प्रदान गरेका हुन् ।

स्व शिक्षक राईको वार्षिक पुण्यतिथिको अवसर पारेर दिक्तेलमा आयोजित कार्यक्रममा परिवारका सदस्यबाट सङ्कलन भएको एकमुष्ट रकमको चेक स्व शिक्षक राईकी श्रीमती जम्मासरी र जेठा छोरा देवविक्रमले प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष कुमार पराजुलीलाई हस्तान्तरण गर्नुभएको हो । परिवारका सदस्यले प्रदान गरेका रकमबाट रु ११ लाख ११ हजार एक सय ११ को अक्षयकोष खडा गरिने प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा स्व शिक्षक राईको परिवारका ती सदस्यले आफ्नो कमाइको केही रकम प्रतिष्ठानलाई दिने जनाउँदै स्वघोषणापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

स्व शिक्षक राईको जेठा छोरा देवविक्रम अध्यक्ष रहेको ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ गत साउन–३० गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो । एघार सदस्यीय समिति रहेको प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा कुमार पराजुली, उपाध्यक्षमा खगेन्द्र राई, महासचिवमा लक्ष्मीप्रसाद खनाल, सचिवमा नूरकाजी सैँजु र कोषाध्यक्षमा सन्तोष राई रहनुभएको छ ।

प्रतिष्ठानका लागि जिल्लास्थित विभिन्न सङ्घ तथा सङ्गठन र व्यक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । स्मृति प्रतिष्ठानले जिल्लाको शैक्षिक सुधारको क्षेत्रमा काम गर्ने जनाइएको छ ।

विसं २००७ भदौ २५ गते जन्मनुभएका शुभशेरको विसं २०७८ भदौ ५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित घरैमा निधन भएको थियो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङका पूर्वअध्यक्षसमेत रहनुभएका स्व शिक्षक राईले खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीस्थित विणा माविबाट शिक्षण सेवा सुरु गरेर जिल्लाका विभिन्न विद्यालयमा सेवा गर्नुभएको जनाइएको छ ।

यसैबीच, सो प्रतिष्ठानले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने जिल्लाका एकजना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कृत तथा चारजनालाई सम्मान गरेको छ । जिल्लाका उत्कृष्ट शिक्षका रुपमा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित सावाकाली माविका प्रधानाध्यापक प्रेमकुमार थापामगरलाई नगद रु ५५ हजार पाँच सय ५५ राशिको ‘शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार २०७९’ प्रदान गरेको हो ।

यस्तै, ‘शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट विद्यालय व्यवस्थापन सम्मान २०७९’ ज्योति मावि जालपाका अध्यक्ष प्रतिमान राई, ‘शुभशेर राई खोटाङ जिल्ला दीर्घसेवी सेवा सम्मान’ दिक्तेलका शिक्षिका शारदादेवी गेलाल, ‘शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट शिक्षक नेतृत्व सम्मान’ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङका पूर्वअध्यक्षद्वय मेगनाथ घिमिरे र मनकाजी राई तथा ‘शुभशेर राई खोटाङ जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान’बाट त्रिभुवन मावि ऐसेलुखर्कका प्रधानाध्यापक टेकबहादुर क्षेत्रीलाई सम्मान गरिएको छ ।

कार्यक्रमका नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय महासचिव हंसबहादुर शाही, नेकपा (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दङ्गाल, उपसचिव दीपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगर प्रमुख तीर्थराज भट्टराईलगायतले संयुक्तरुपमा दोसल्ला ओढाएर नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको हो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।