फरार प्रतिवादी तामाङ पक्राउ

सुनसरी, भाद्र ६ । सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।१४ गतेको फैसला आदेशले ६ महिना कैद र रु.६,०००/- (छ हजार) जरीवाना भई हाल सम्म फरार रहदै आएका धरान उप-महानगरपालिका – १५ का ३५ बर्षीय प्रेम तामाङ पक्राउ परेका छन् ।

फरार प्रतिवादीको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT) समुहको प्रहरी टोलिले तामाङलाई आज धरानबाट पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी कारागार पठाएको छ ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौँ, ६ भदौ (रासस) ःनीति अनुसन्धान प्रतिष्ठानले यही भदौ १० देखि १२ गतेसम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

तीन दिनसम्म हुने ‘अन्तर्राष्ट्रिय सम्बन्धःनेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्थापित शैक्षिक संस्था तथा विश्वविद्यालयबाट विद्यावारिधि गरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा महत्वपूर्ण भूमिकामा रहेका नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका एकसय जना विज्ञ युवाको सहभागिता रहनेछ ।

सम्मेलनमा विज्ञले आफ्ना कार्यपत्र प्रस्तुत गर्ने प्रतिष्ठानका निर्देशक डा दीपककुमार अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नवीनतम् विचार युवापुस्ताको मस्तिष्कबाट आओस् भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । नयाँ पुस्ताले यस विषयमा प्रस्तुत गर्ने विचार नै भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धका लागि पथप्रदर्शन बन्ने आयोजकको विश्वास छ ।

निर्देशक अधिकारीले नेपालले भविष्यमा कस्ता नीतिका आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्ने उल्लेख गर्नुभयो । सम्मेलनमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ । नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक डा विनयकुमार मिश्रले जानकारी दिनुभयो ।

सम्मेलनबाट आएका अनुभवले भविष्यका लागि युवाले आफ्नो मार्गचित्र बनाउँदा सहयोग पुग्नेछ भन्नेमा आफूहरु विश्वस्त रहेको उहाँले बताउनुभयो । आजको युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा यस कार्यक्रमबाट समाजलाई थाहा दिइने आयोजकको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १० गते उद्घाटन गर्ने सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भदौ १२ गते गर्ने तय भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।