तराईमा बन्दको आंशिक प्रभाव

मोहम्मद हबिब/भैरहवा, ७ भदाै । सरकारसँगको तीन बुँदे राजनीतिक सहमति विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेकाे, एमसीसी, भ्रष्टाचार र महँगीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आंशिक परेको छ । कार्यकर्ताबाहिर नदेखिए पनि सडकमा बिहानैदेखि सवारीसाधन निकै पाताेलाे चलेका थिए ।

बिहानी समूहमा पढाई हुने कलेज विद्यालय बन्द भए भने सार्वजनिक यातायातका सधान पनि न्यून थिए । दिउँसाे सञ्चालन हुने विद्यालय र क्याम्पसमा पनि पठनपाठन भएनन्ब । निजी सवारीसाधन जस्तै मोटसाइकल, चारपाङ्ग्रे गाडी फाटफुट चलेका छन् । बन्दको सदुपयोग ईरिक्साले व्यापक रुपमा गरिरहेका छन् ।

रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले अहिलेसम्म अप्रिय घटना नभएको र बन्दकर्ता पनि सडकमा नदेखिएको बताए । सैनामैनामा शंकास्पद बस्तु फेला परेको छ । सैनामैना नगरपालिकालिका–११ स्थित कोठी जंगल क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो ।

रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको एसपी रेग्मीले बताए । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने एकिन भएको छैन । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई यसबारे जानकारी गराएकाे उनकाे भनाइ छ ।

भैरहवाको मिलनचोक, देवकोटा चोक, बुद्धचोक सधैँजसो व्यस्त हुने ठाउँ पनि सुनसान छन् । प्रहरीले समेत सुरक्षा कडा पारेको छ । भित्री सडकहरुमा सवारीसाधन चलेका छन् भने पसलहरू पूर्णरुपमा खुलेका छन् । विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले संयुक्त विज्ञप्ति निकालेर आज नेपाल बन्दको आह्वान गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।