बिराटनगरबाट ५ कन्टेनर स्याउ नियन्त्रणमा

मोरङ, भाद्र १२ । मोरङको बिराटनगर महानगरपालिका १३ स्थितबाट प्रहरीले ५ कन्टेनर स्याउ नियन्त्रणमा लिएको छ ।

गत सुक्रवार बेलुकी साढे ६ बजे बिराटनगर स्थित मलाया रोडमा संकास्पद अवस्थामा स्याउ अनलोड भई रहेको भन्ने बिशेष सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भन्सार प्रज्ञापन पत्र र VCTS समेत नभएको भारतीय NL01AB2410, NL01Q2222, NL01AE4705, NL01AE3422 र NL01N2663 नम्वरको कन्टेनरबाट को १ ख ६९३९, प्रदेश १-०२-००१ ख ८५५६ र ना. ५ ख ५६०० मिनी ट्रकमा स्याउ पल्टी गरीरहेको अवस्थामा फेला पारेको थियो ।

नियन्त्रणमा लिइएका ५ वटा भारतीय कन्टेनर र ३ वटा नेपाली मिनी ट्रक तथा स्याउ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको छ ।

बस्ती बसेको बीस वर्षपछि बिजुली
गोदावरी, १२ भदौ (रासस) :कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो ।

दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन् । खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन् । बीस वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य हुँदै आएकामा अहिले बिजुली बत्ती बलेपछि टोलमा खुसीयाली छाएको मातादेवी नेपालीले बताउनुभयो ।

यसअघि बिजुली नहुँदा गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेकामा अहिले सो बाध्यता हटेको उहाँले बताउनुभयो । “बत्ती नहुँदा बर्खायाममा रातिको समयमा सर्प, बिच्छीको डर थियो”, उहाँले भन्नुभयो, “बिजुली आएसँगै त्यो समस्या समाधान भएको छ, ढुक्कसँग बिजुली बाल्न पाएका छौँ र घरभित्र सुत्न पाएका छौँ ।”

यसअघि पटक–पटक बिजली बत्तीका लागि सम्बन्धित निकायमा धाउँदा पनि मागको सुनुवाइ नभएको स्थानीयको भनाइ छ । विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका सो टोलवासीले पहिलोपटक बत्ती बाल्न पाएको उहाँको भनाइ छ ।

नगरप्रमुख वीरेन्द्र भट्टले चुनावी अभियानका क्रममा बोलेका बाचाहरू आफूले पूरा गरेको बताउनुभयो । लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका टोलवासीले नगरपालिकाको पहलमा बिजुली बत्ती बाल्न पाएको उहाँले बताउनुभयो । सो टोलले बिजुली बत्ती पाए पनि बाटोघाटो र खानेपानीको समस्या भने यथावत छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।