सचिव पराजुलीको सम्मान तथा बिदाइ

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीको सम्मान तथा बिदाइ गरिएको छ । सङ्घीय सरकारको कृषि मन्त्रालयमा सरुवा भएका पराजुलीको आइतबार एक कार्यक्रमको आयोजना गरी उज्ज्वल भविष्यको कामना गदै मन्त्री केदार कार्की लगायत मन्त्रालयका कर्मचारीहरूले बिदाइ गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले जनताका काम गर्नका लागि सचिव पराजुलीसंगको सहकार्य सुखद रहेको बताउनुभयो । शान्ति सुरक्षा, विकाश निर्माण, विपद व्यवस्थापनको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । ’विपद्को वेला नागरिकलाई सुरक्षित स्थानमा सार्ने होस या राहत व्यवस्थापनको काम यसपालि हामीले कुनै ढिला गरेनौँ, मन्त्री कार्कीले भन्नुभयो, विपक्षीले सदनमा कुरा नउठाउँदै राहत पुगिसकेको छ, कोसीमा आएको बाढीबाट प्रभावितलाई होस या ताप्लेजुङमा पहिरो प्रभावितलाई तत्काल राहत पुर्यायौं ।’

सो अबसरमा सचिव पराजुलीले आफ्नो मन्त्रालय बसाई पनि सुखद रहेको बताउनुभएको थियो । ’मन्त्रीज्यू हरेक काममा सक्रिय भएर लाग्नुभयो, र कार्यसम्पादनमा सफलता मिल्यो । उहाँले भन्नुभयो, स्थानीय तहको निर्वाचन पनि शान्तिपूर्ण ढंगले सम्पन्न गरेका छौं’

सोही अवसरमा मन्त्रालयबाट सरुवा भएका महाशाखा प्रमुख ओमकार प्रसाद न्यौपाने, उपेन्द्र श्रेष्ठ तथा शाखा अधिकृतमा बढुवा भएका जीवन काफ्लेको पनि सम्मान तथा बिदाइ गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।