हातहतियार तथा खरखजाना मुद्धाका फरार प्रतिवादी लिम्बु पक्राउ

बिराटनगर, भाद्र १४ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटीएको प्रहरी टोलिले हातहतियार तथा खरखजाना मुद्धाका फरार प्रतिवादी धरान उप-महानगरपालिका-१५ सुनसरीका २९ बर्षीय देवि बहादुर लिम्बुलाई पक्राउ गरेको छ ।

लिम्बुलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरीएको हो । लिम्वु सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७८।०९।०८ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ३ दिन कैद र ५ हजार जरिवाना बेरुजु रहि फरार रहेका थिए ।

पक्राउ परेका लिम्बुलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार सुनसरीमा बुझाईएको छ ।

‘बजारमा झोरा देखिँदैन, खल्लो हुँदै गयो तीज’
–सुशीला रेग्मी/रामपुर (पाल्पा), १४ भदौ (रासस) : करिव डेढ दशक अघिसम्म रामपुरमा तीजको दिन दर्शकको थामिनसक्नु भीड लाग्दथ्यो । यहाँका बेझाड बजार, विजयपुर, किसानवारीलगायत बजारमा दिउँसो झोरा गाउँने र नाच्दा माहोल तीज गीतले तताउँथ्यो ।

झोरा हेर्नकै निम्ति टाढा टाढाबाट पैदल हिँडेर बजारमा आउनेको गाउँगाउँमा उत्साह छाउँथ्यो । घरको कामधन्दा सकेर दिनभर बजारमा तीजको दिन गीत गाउने नाच्ने गरेर चाड मनाउँदाको झ–झल्को अहिले आइरहेको बताउनुहुन्छ, ज्येष्ठ नागरिक रुक्मीणा रेग्मी । बजारमा झोरा हेर्ने समय निकाल्न उहाँले पहिले नै घरमा गाईभैँसीलाई घाँसपातको बन्दोबस्त गरेर राख्नुहुन्थ्यो ।

रेग्मी भन्नुहुन्छ, “छोराछोरी लिएर बजारमा झोरा लाउन गइन्थ्यो, झोरा लगाएर नाचेका चउर, बजार हिजोआज सुनसान बनेको छ, खुल्ला ठाउँमा बसेर कोही नाच्ने, कोही गाउँने, कसैले ताली बजाउँदा बजारको माहोल हर्षोउल्लासमय बन्थ्यो, अहिले त बजारमा कोही जम्मा हँुदैनन्” ।

बजारका खुल्ला चउर, चोक तीजका गीतले गुञ्जायमान बनाउँथ्यो । पछिल्लो समय सूचना प्रविधिको बढ्दो विकासले घरमै टिभी हेर्ने, रेडियोमा गीत सुन्ने, मोबाईल, युट्युवले गर्दा बजारमा तीजका दिन गाउन र नाच्न जाने भेटिँदैन । तीज गीत प्रतियोगितात्मक कार्यक्रम राखिएका बजारमा जसोतसो दर्शक पुगेका हुन्छन् ।

दर्शकको भीडमा सासुससुरा, श्रीमान्, नन्द, अमाजुलाई व्यङग््य प्रहार गर्दै गीत गाएर नाचेको त्यतिबेलाको क्षणले तीजमा झस्काइरहेको कलाकार लक्ष्मी तिवारी बताउनुहुन्छ ।

“बेझाड बजारको ठूलो चउरमा दर्शकको भीड थामिनसक्नु हुन्थ्यो, आफैँले गीत झिकेर नाच्दा धेरै आनन्द हुन्थ्यो, अहिले तीजको दिन खुल्ला चउर, बजारका चोकमा झोरा गाउने नाच्ने चलन हाम्रातिर हराए, तीज गीत आयोजना गरिएका ठाउँमा दर्शक झुम्मिन थाले” उहाँले भन्नुभयो ।

घरपरिवार, माइती, मावली, साथीसङ्गी, आफन्तको साथमा तीजको झोरा हेर्न भनेर बजार जाँदा छुट्टै आनन्दानुभूति हुने गरेको राधिका भण्डारी बताउनुहुन्छ । उहाँपनि तीजका दिन माइतीघरमा आमा दिदीबहिनी र साथीसँग बजार गएको त्यसबेलाको क्षण अहिले ताजै रहेको स्मरण गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “तीजमा माइतीमा फलानोको नाच हेर्ने भनेर साथी, आफन्त बजार आउँथे, दर्शकको भीडका बीचमा बसेर नाच्दा तीजको मज्जा नै बेग्लै थियो, दिनभर नाचगान गर्दा पनि थकाइको अनुभूति हँुदैनथ्यो, अहिले यस्ता दिन हराए, बालापनका सँगीसाथी पनि भेट हुनै छाड्यो” ।

तीजको दिन विभिन्न सङ्घसंस्थाद्वारा प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिने भएकाले मौलिक गीतमा झोरा लगाएर नाचगान गर्ने क्रम विस्थापित भएको हो । घामपानी पनि नभनिकन भीडमा वर्षदिनभर मनमा सँगालेर राखेका सुखदुःख, वेदनाका गीत गाएर नाच्दा मनमा भएको पिर व्यथा नै भुलाउने गरेको ज्येष्ठ नागरिक सरस्वती डोटेलको अनुभव छ ।

उहाँ भन्नुहुन्छ, “एकैथलोमा पाँच÷सात समूहमा गीत गाउने नाच्ने गर्दा तीजको माहोल तताउँथ्यो, सबैसँग भेटघाट हुने, माइती जान नपाए पनि यसरी बजारमा तीजको झोरामा सहभागी हुँदा पीडा हटथ््यो, दिनभर रमाईलो गरेर साँझ घर फर्किन्थ्यो, अहिले क्यासेट गीत सुन्यो बस्यो” उहाँले भन्नुभयो ।

तीज पर्वको एउटा महत्वपूर्ण पक्ष हो झोरा, अर्थात् तीज गीत छोरी चेलीले माईतीमा जम्मा भएर आफ्ना दुःखसुख विसाउनका लागि गीतलाई माध्यम बनाउँछन् । सूचना प्रविधिको विकाससँगै माइतीको घरआँगन, बजारका चोक, खुल्ला चउरमा भेला भएर गाईने गीत, स्टुडियो र युट्युवमा सीमित बन्न पुगेका छन् ।

“हामीजस्ता उमेर ढल्केका बुढाबुढीलाई पहिलेजसो बजारमा झोरा नहुँदा तीज नै खल्लो भएको महसुस भएको छ, उमेर भएका त विभिन्न ठाउँमा आयोजना भएका प्रतियोगितात्मक कार्यक्रम हेर्न पुग्छन्, उमेर ढल्केका हामी त अन्यत्र जान सकिँदैन, जसतसो नाचगानले छँुदैन, घरमै हिजोका दिन सम्झेर बस्नु परेको छ” उहाँले भन्नुभयो ।

रामपुरको विजयपुर बजारमा भने बजार व्यवस्थापन समितिको आयोजनामा हरेक वर्ष खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरिँदै आएको छ । तीजको दिन यहाँ प्रतियोगितात्मक कार्यक्रममा सामेल हुन दर्शक पुग्न थालेपछि पनि अन्य बजारमा रमझम देखिँदैन ।

प्रतियोगितात्मक कार्यक्रममा पनि पहिलाजसो दर्शकले त्यती चाख मान्दैनन् । तैपनि केही समय साथीसँगी भेटघाटका निम्ति भने सहभागी हुने गरेको पाइएको छ । घरमै बसेर सामाजिक सञ्जालमा तीजका गतिविधि देखिने क्रम बढ्दै गएको छ । फेसबुक, टिकटक लाइभमा नाचगान गर्ने, साथीभाई र आफन्तजनसँग कुराकानीमा व्यस्त देखिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।