वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा यात्रु मारमा

खोटाङ, १५ भदौ । वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा खोटाङका स्थानीय मारमा परेका छन् । यस वर्षको वर्षा रोकिएपछि सुचारु भएका कच्ची सडक पुःन केही दिनयता परेको भारी वर्षाका कारण अवरुद्ध हुन पुगेको हो ।

जिल्लाको बिजुले–खार्पा–लामीडाँडा–दुबेकोल–ऐसेलुखर्क, जालपा–हौंचुर–ऐसेलुखर्क, बुईपा–राजापानी–रेग्मीटार–रसुवा, रसुवा–सिम्पानी–खोटाङबजार, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी लगायतका सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा अधिकांश यात्रु पैदल यात्रा गर्न वाध्य बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । विशेषगरी बिरामी बोक्ने एम्बुलेन्स गुड्न नसक्दा जिल्लावासीलाई सबैभन्दा बढी सास्ती भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत कालोपत्रे गरिएका दिक्तेल–हलेसी–जयराम र दिक्तेल–बाँझेच्यानडाँडा सडकमा मात्र सवारी साधन चलिरहेका छन् । जिल्लाका धेरैजसो स्थानीय तहले जेसीभी खरिद गरेका छन् । तर, वर्षाका कारण अवरुद्ध सडक तत्काल मर्मतमा भने तदारुकता देखाउन सकेका छैनन् । यातायात व्यवसायीले चाँडोभन्दा चाँडो सडक मर्मत गरेर यातायात सुचारु गराउन र नागरिकलाई सहजता दिलाउन स्थानीय तहलाई आग्रह गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।