खोटाङको रोशाभञ्ज्याङ प्राविको जग्गा एकातिर, पास अर्कैतिर

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको पञ्चमीस्थित रोशाभञ्ज्याङ प्राविको नाममा फरक कित्ताको जग्गा पास भएको खुलेको छ ।

२०४५ सालमा स्थापना भएको विद्यालयलाई स्थानीय ओमबहादुर थापा (राजन)ले निःशुल्क एक रोपनी जग्गा उपलब्ध गराएको तर पास गर्नेबेला अर्कै ठाउँको जग्गा पास भएको खुलेको हो ।

जग्गा दाता थापाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर विद्यालय सञ्चालन हुँदै आएकोमा २०७२ साल जेठ २८ गते जग्गा पास गरिएको थियो । तर कित्ता नम्बर १७ बाट कित्ता काट गरेर पास गर्नुपर्नेमा कित्ता नम्बर १५ बाट कित्ता काट गरेर विद्यालयको नाममा पास गरिएको खुलेको हो ।

दिइएको जग्गा एकातिर, पास अर्कैतिर भएपछि हाल विद्यालय अप्ठ्यारोमा परेको छ । कतिपयले जग्गादाताले नियतवश अर्कै ठाउँको जग्गा पास गरिदिएको आरोप लगाइरहेका छन् । जग्गादाता परिवारले भने भुलवश अर्कै कित्ताको जग्गा पास भएकाले सो जग्गा फिर्ता गर्न र विद्यालय रहेको जग्गा पास गरिदिने बताइरहेका छन् ।

जग्गादाताले विद्यालय बनाइएकै ठाउँको जग्गा पास गरिदिने प्रतिबद्धता जनाए पनि विद्यालयको नाममा पास भइसकेको जग्गा फिर्ता गर्न मन्त्री परिषद्को निर्णय चाहिने भएकाले समस्या सिर्जना भएको प्रअ जर्ण चाम्लिङले बताए ।

हाल विद्यालयको चार वटा भवन छ । एक बाहेक सबै भवन जीर्ण छ । यस शैक्षिक–सत्र ४५ विद्यार्थी भर्ना भएका छन् । पठन–पाठन नियमित नभएपछि विद्यार्थी अन्य विद्यालय गएको अभिभावक बताउँछन् । केही समयअघि चाम्लिङ प्रअ बनेर आएपछि हाल विद्यालय सुधारको प्रयास सुरु भएको अभिभावक खगेन्द्र राईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।