तीन फरार प्रतिवादी पक्राउ

बिराटनगर, भाद्र १७ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT सहमुहको प्रहरी टोलीले बिभिन्न मुद्धाका फरार प्रतिवादी ३ जनालाई पक्राउ गरेको छ ।

फरार प्रतिवादी खोजतालासको क्रममा प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा शिवसताक्षी गाउँपालिका-८ झापाका ३७ बर्षीय दिप्सन लावती, सुन्दर हरैचा नगरपालिका-७ मोरङका २५ बर्षीय सुरज परियार र धरान उप-महा नगरपालिका-४ सुनसरीका ४९ बर्षीय महेन्द्र बहादुर थापालाई पक्राउ गरेको छ ।

दिप्सन लावती सम्मानित सर्बोच्च अदालतको मिति २०६५।११।२३ गतेको फैसलाले सम्मानित पुनराबेदन अदालतबाट भएको फैसला सदर भई जन्म कैद ठहरेको कर्तब्य ज्यान मुद्धामा फरार रहेको र उनलाई RIT समुह र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने परियार लागु औषध मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७५।११।२६ गतेको सजाय निर्धारण फैसला आदेशले २५ दिन कैद, २ हजार रुपैया जरीवाना र थापा सवारी ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०७७।११।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र २ हजार रुपैया जरीवाना बेरुजु रहि फरार रहेका थिए ।

पक्राउ परेका तीनै जनालाई सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।