धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै ताराघारीको महादेव गुफा

कटारी, १८ भदौ । उदयपुरको कटारी–३ ताराघारीस्थित महादेव गुफा अहिले धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै गएको छ । दशकअघि एउटा सामान्य गुफाको रुपमा परिचित महादेव गुफाको संरचना अहिले लोभलाग्दो र रमणीय तीर्थस्थलका रुपमा परिचित हुँदै गएको छ ।

प्रदेश १, वागमती, मधेस प्रदेशका अलावा भारतबाट यहाँ तीर्थालुहरु आउन थालेको गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवार बताउनुहुन्छ । “पूजा आराधनाबाट मात्रै वार्षिक तीन लाख बढी भेटी उठ्छ”, सुनुवार भन्नुहुन्छ, “यहाँ पूजा आराधना तथा घुम्न आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।”

गुफा परिसरलाई प्रदेशकै नमूना गुफा परिसर बनाउन लागि परेको समितिका कोषाध्यक्ष अमृतबहादुर थापा बताउनुहुन्छ । “यसलाई नमूना धार्मिकस्थलका रुपमा विकास गर्न लागि परेका छौँ”, गुफामा वर्षेमा एक लाख बढी तीर्थालु आउने गरेको पनि थापाले जानकारी दिनुभयो । विसं २०४० तिर स्थानीय गोठालाले नजिकैको अप्ठ्यारो पाखोमा गुफा पत्ता लगाएका थिए ।

अहिले गुफासम्म जाने सिँढी, रेलिङ, पानीका धारा, होम यज्ञ गर्ने, कार्यालय, धर्मशाला, पुजारी भवन, शौचालय, आकर्षक र बगैँचा बनेसँगै यहाँ पर्यटक आउन थालेका छन् । अन्यत्रबाट गुफा आइपुगेकाले यसलाई उत्कृष्ट गुफा भएको बताएको स्थानीय युवा अमित श्रेष्ठ बताउनुहुन्छ ।

निकट भविष्यमै परिसरमा धार्मिक ग्रन्थको पुस्तकालय, सांस्कृतिक कला प्रशिक्षण केन्द्र, विभिन्न खेल मैदान, नजिकैको उचाइमा रहेको डाँडामा बौद्ध स्तूपा, भ्यु–टावर, चौतारा बनाउने तयारी रहेको समितिले जनाएको छ । अहिले परिसरमा दर्जनौँ मृग र वन्यजन्तु आउने भएकाले पानी खाने ठाउँ, सुन्दर बगैँचा निर्माण गरिएको छ । गुफामा साउने सोमबार, एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमीमा लाखौँ भक्तजन आइपुग्ने गरेका छन् ।

गुफामा विवाह, ब्रतवन्ध, महायज्ञ, सप्ताह, पुराण, रुद्री, ग्रहजाप र सतविज छर्ने परम्परा बसेको छ । महादेव गुफामा पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ ।

सिद्धिचरण राजमार्गसँगै जोडिएको र नजिकै कटारी बजार रहेकाले तीर्थयात्रा गर्नेका लागि महादेव गुफा नयाँ गन्तव्य बन्दै गएको छ । गुफाक्षेत्रलाई पूर्वाञ्चलकै नमूना गुफा परिसर बनाउन लागि परेको व्यवस्थापन समितिले अहिले आधिकारिक दर्ता प्रमाणीकरण गरिसकेको समितिका कोषाध्यक्ष अमृतबहादुर थापा बताउछन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।