सहमतिपछि मृ’तक प्राविधिकको शव आफन्तले बुझे

खोटाङ, २० भदौ । सहमतिपछि नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिक नवीन्द्र राईको शव आफन्तले बुझेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नवीन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृ त्यु भएपछि सोमबार जिल्ला प्रहरी कार्यालयमा लामो समय चलेको छलफलमा मृ तक परिवारलाई विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली २०६७ बमोजिम अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने र मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने सहमतिमा आफन्तले शव बुझेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेको रोहबरमा मृ तकका बुवा बलबहादुर राई र विद्युत\ प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीबीच मृतक परिवारलाई क्षतिपूर्ति र रोजगारी उपलब्ध गराउन लिखित सहमति भएको हो । सहमतिपछि जिल्ला अस्पतालमा पोस्टमार्टम गरेर अपराह्न ४ बजे आफन्तले शव लिएर फर्किएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा छापगाउँमा विद्युत् मर्मतपछि भर्‍याङ ठड्याएर हिँड्नेक्रममा भर्‍याङले ११ केभी प्रसारण लाइनको तार छुन पुग्दा राईलाई करेन्ट लागेको हो । करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुइपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको थियो ।

१० वर्षमा तीन ज्यालादारी कामदारको मृ त्यु, एक अंगभंग

नेपाल विद्युत् प्राधिकरण र स्वयं प्राविधिकको हेलचक्र्याइँका कारण खोटाङमा विभिन्न समयमा दैनिक ज्यालादारी प्राविधिकलाई करेन्ट लागेर ज्यान गुमाउनु परेको पाइएको छ । सुरक्षा सामग्रीको प्रयोग नगर्दा तथा व्यक्तिगत सुरक्षा सम्बन्धी सावधानी नअपनाउँदा जिल्लामा विद्युत् मर्मतका क्रममा २०६९ साल यता नेपाल विद्युत् प्राधिकरणमा कार्यरत तीन दैनिक ज्यालादारी मजदुरले ज्यान गुमाएका छन् भने एक जना अंगभंग भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङमा विद्युत् मर्मत गर्नेक्रममा करेन्ट लाग्दा २०६९ जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका शम्भु आचार्यको मृ त्यु भएको थियो । यस्तै, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको कामीडाँडामा विद्युत् मर्मतका क्रममा २०७० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका सन्तोष राईको मृ त्यु भएको थियो ।

यस्तै, २०७१ साल चैत १६ गते विद्युत् मर्मतका क्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरि ढुंगाना अंगभंग भएर अशक्त जीवन बिताइरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।