असन र इन्द्रचोकमा महानगर प्रहरी, सडकमा सामग्री हटाउन चेतावनी

काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो ।

तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ ।

सुन्दर पोखराको अर्काे आकर्षण ः ल्वाङ गाउँको चियाबारी
–जमुना वर्षा शर्मा/पोखरा, २१ भदौ (रासस) ः कास्कीको माछापुच्छ«्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ । सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको मिलेको बस्ती तथा सुन्दर अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृङ्खला यस गाउँका आकर्षण हुन् । तर पछिल्लो समय भने पर्यटकलाई आर्कषण गर्ने यस गाउँको अर्को विशेषता पनि थपिएको छ । त्यो हो सुन्दर हरियाली चियाबारी ।

पूर्वी पहाडको चियाबगानको झझल्को मेटाउने यही चियाबारीका कारण पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । पोखरादेखि २० किलोमिटरको दूरीमा र समुद्र सतहदेखि एक हजार चार सय मिटरको उचाइमा रहेको ल्वाङ पुग्न यातायातको सहजताले पनि अहिले घुम्न जाने पर्यटकलाई सहज बनेको छ ।

उक्त गाउँमा २०४६ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले वातावरण, पूर्वाधार विकास गर्ने कार्यक्रमअन्तर्गत स्थानीयको जीवनस्तर उकास्ने कार्यक्रम लगेसँगै स्थानीयको सक्रियता पनि बढ्न थालेको पाइन्छ । स्थानीय हितकाजी गुरुङका अनुसार २०५३ सालतिर स्थानीयको एक टोलीलाई एक्यापले नेपालको पूर्वहुँदै दार्जिलिङसम्म अध्ययन अवलोकनका लगेको थियो । पूर्वमा चियाबारीको आकर्षण देखेर फर्किएपछि ल्वाङको माटोमा पनि चियाखेती हुन सक्छ भनेर एक्यापले नै माटो र मौसमको परीक्षण गरायो । परीक्षणले उपयुक्त देखाएपछि एक्यापले उक्त गाउँमा २०५३÷२०५४ सालतिर चियाको बिरुवा रोपेको हो ।

चियाका बिरुवा राम्रोगरी हुर्कंदै गएपछि स्थानीयबीच छलफल गराएर व्यावसायिक चियाखेती गर्न एक्यापले उनीहरुलाईनै प्रेरित ग¥यो । निःशुल्क बेर्ना उपलब्ध गरायो । स्थानीय उत्साहित भएर चियाको बिरुवा रोप्न थाले । मलिलो माटोमा राम्रो उत्पादन हुन थालेपछि यसलाई सहकारीमार्फत सञ्चालन गर्न थालियो ।

चियाको उत्पादन सुरु हुन थालेपछि २०६० सालमा अन्नपूर्ण चिया उत्पादक सहकारी संस्थामार्फत् सहकारीले चिया उत्पादन गर्न थाल्यो तर पछिल्लो समय सहकारी व्यवस्थापन एवं बजारीकरणमा समस्या हुन थालेपछि स्थानीय हितकाजी गुरुङले ३० वर्षका लागि भाडामा लिएर एकल स्वामित्वबाट ‘ल्वाङ टि स्टेट प्राली’ सञ्चालन गर्दै आउनुभएको छ ।

“सहकारीबाट अलि समस्या देखियो अनि अहिले एकल स्वामित्वबाट सञ्चालन गरेका छौँ”, गुरुङले भन्नुभयो । “अहिले उत्पादन राम्रो छ, स्वदेशभन्दा विदेशमा बढी जान्छ । बीचमा कोरोना महामारीले भने निकै नोक्सान पु¥यायो । अहिले राम्रो हुँदै गएको छ ।” उहाँका अनुसार करिब एक हजार दुई सय रोपनीमा चियाबारी फैलिएको छ । त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटक अहिले चियाबारी अवलोकन गर्छन् ।

यहाँ वार्षिक उत्पादन एक हजार दुई सयदेखि १५ हजार केजीसम्म हुने गरेको छ । अहिले सो गाउँको चिया युरोपमा निर्यात हुन्छ भने यसको केही मात्रा स्थानीय बजारमा पनि पुग्ने गरेको छ । चियालाई तीन ग्रेडबाट छुटयाइएको प्रालीका व्यवस्थापक छत्रबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार एसएफटी, टिजिएफ ओपी, पिडी गरेर तीन ग्रेडमा वर्गीकरण गरिन्छ । प्रतिकिलो चियाको पहिलो दुई हजार पाँच सय, दोस्रो एक हजार पाँच सय र तेस्रो पाँच÷सात सय रुपैयाँमा बिक्रीवितरण हुन्छ ।

उत्पादित चियालाई स्थानीय बजारमा भन्दा विदेशमा नै पठाउन सहज हुने भएकाले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरिएको छ । नेपाली बजारमा लगानी बढी गर्नुपर्ने, ‘प्याकेजिङ कस्ट’ पनि बढी पर्ने भएकाले प्रशोधन गरेर पहिलो चरणमै कार्टुनबाट विदेश निर्यात गर्न गरिएको बस्नेतले बताउनुभयो । ल्वाङ घुम्न आउने अधिकांशले चियाबारी घुम्ने उद्योगमा आएर चिया किनेर कोसेलीका रुपमा लाने गर्दछन् । घुम्न आउने प्रायःआफन्तलाई ग्रिन टी, ब्ल्याक टी कोसेली बोकेर जाने गर्छन् ।

चिया उद्योगमा दैनिक ज्यालादारीमा स्थानीयले २५ देखि ३० जनाले रोजगारीमेत पाएका छन् । उत्पादित चिया वार्षिक चार÷पाँच हजार केजी विदेश निर्यात हुन्छ । उत्पादन राम्रो हुने भनिए पनि प्राविधिक ज्ञान र आधुनिक प्रविधिको अभावले सोचेजस्तो प्रतिफल पाउन अझै नसकेको उहाँको गुनासो छ ।

चियाखेतीले अहिले ल्वाङलाई आत्मनिर्भर हुने एउटा राम्रो माध्यम पनि बनाइदिएको छ । चियाबारीले जति धेरै पर्यटक लोभ्याउँदै जान्छ त्यति नै आयआर्जनको माध्यम पनि बन्दै गएको छ ।
गाउँमा पर्यटक भित्रिन थालेसँगै घरघरमा होमस्टे बनाएर पर्यटक भित्र्याउन स्थानीय सफल भएका छन् । अहिले उक्त गाउँमा ल्वाङ सामुदायिक होमस्टे पनि सञ्चालनमा छ । गुरुङ परम्पराअनुसार पाहुनालाई फुलमाला लगाएर स्वागत गरेसँगै सुन्दर गाउँमा पर्यटक रमाउने गरेको होमस्टेका सचिव तीर्थ गुरुङले बताउनुभयो ।

उहाँका अनुसार २१ वटा घरमा होमस्टे सञ्चालनमा छन् र यहाँ दुई सय ५० देखि तीन सय जना पाहुनालाई आतिथ्य प्रदान गर्न सकिन्छ । होमस्टेको २०२१ सालको तथ्याङ्कमा ११ हजार दुई सय १६ आन्तरिक र बाह्य १८ जना पर्यटकले भ्रमण गरेका उल्लेख छ । कोरोनाका कारण सुस्ताए पनि अब विस्तारै पर्यटक भित्रिँदै जाने विश्वास गुरुङको छ ।

ल्वाङमा करिब ६० घर गुरुङ समुदायका छन् । मिलेको बस्ती, सुन्दर चियाबारीका कारण उक्त ठाउँमा फिल्म एवं म्युजिक भिडियो सुटिङ गर्न तथा कवि एवं साहित्यकारले आफ्ना सिर्जना प्रस्तुत गर्न पनि यहाँ पुग्ने गरेका छन् । यहाँका स्थानीय पछिल्लो समयमा उक्त स्थानको पर्यटन प्रवद्र्धन हुँदै गएकामा खुसी भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।