प्रसिद्ध विकास लेखन पुरस्कार २०७९ डा.चापागाईंलाई

काठमाडौ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) बाट हरेक वर्ष प्रदान गरिने ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ २०७९ बाट सहभागीमूलक विकास तथा सकारात्मक सोच पद्धति प्रवद्र्धन विषयमा कलम चलाई थुप्रै पुस्तक तथा आलेखहरू प्रकाशन गरिसकेका डा. चण्डीप्रसाद चापागाईँलाई प्रदान गरिने भएको छ ।

उहाँले नेपाली तथा अंग्रेजी भाषामा करिब आधा दर्जन पुस्तक प्रकाशन गर्नुभएको छ । डा. चापागाईं विकास व्यवस्थापन विषयका एक अनुभवी प्रशिक्षकसमेत हुनुहुन्छ ।

नेपानको २८औँ वार्षिक साधारणसभाको अवसर पारेर भदौ २५ गते शनिवार काठमाडौँमा उहाँलाई उक्त पुरस्कार अर्पण गरिनेछ । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । साथै पुरस्कारका साथ नेपानले एक सम्मानपत्रसमेत प्रदान गर्नेछ ।

वि.सं. २०७४ असोज २४ गते अमेरिकामा स्नातक तहमा अध्ययन गर्दै गरेका आफ्ना सुपुत्र प्रसिद्धको असामयिक निधन भएश्चात् उनको स्मृतिमा उनका बाबा–आमा चेतनाथ कणेल तथा सीता भण्डारी कणेलले २०७४ चैत महिनामा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राखी सोही रकमको ब्याजबाट हरेक वर्ष नेपान सदस्य वा गैरसदस्य विकास– लेखकहरूलाई सम्मान गर्ने प्रचलन छ ।

डा. चापागाईंसमेत सो पुरस्कारबाट हालसम्म सम्मानित हुनुहुने जम्मा पाँचजना विकास–लेखक हुनुहुन्छ । २०७५ मा पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडालाई सम्मान गरिएको थियो भने २०७६ मा द्वन्द्वविद् डा. विष्णुराज उप्रेतीलाई, २०७७ मा प्रशासन तथा व्यवस्थापनविद् डा. मानबहादुर विश्वकर्मालाई र २०७८ मा कृषि एवम् ग्रामीण विकासविद् प्रा.डा. नरविक्रम थापालाई प्रदान गरिएको थियो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।