खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास

खोटाङ, २१ भदौ । खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि गाउँपालिकाको आफ्नै भवन निर्माण सुरु गरिएको हो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण हुने भवन सोमबार गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले शिलान्यास गरेका छन् ।

आफ्नै भवन नहुँदा हाल साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङस्थित साबिकको इलाका कृषि तथा पशुसेवा केन्द्रको कार्यालयबाट गाउँपालिकाको सेवा प्रवाह हुँदै आएको छ ।

भ्याटसहित ७ करोड ६२ लाख ३५ हजार १५२ रुपैयाँका लागतमा निर्माण गर्नेगरी निर्माण कम्पनी मल्लरानी–सजीव जेभीले गत २० असारमा भवन निर्माणको सम्झौता गरेको गाउँपालिकाका इन्जिनियर आशिष राईले बताए । बाल, लैंगिक र अपांगमैत्री हुने तीन तले सुविधा सम्पन्न भवन सम्झौता भएको मितिले एक वर्ष छ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

भवन शिलान्यास कार्यक्रमकै अवसरमा गाउँपालिका अध्यक्ष राईले मानेभञ्ज्याङमा लाग्दै आएको ऐतिहासिक हाटबजारको नवनिर्मित संरचना उद्घाटन गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।