संकटमा परेको मनाङको गंगापूर्ण हिमताल जोगाइँदै

लमजुङ। गंगापूर्ण ताल जोगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र मनाङ ङिस्याङ गाउँपालिकाले संरचना निर्माण कार्य अघि बढाएका छन् । चार करोड आठ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा जलजला-शिवशक्ति-अधिकारी जेभीले टेन्डरमार्फत भ्याटसहित दुई करोड ९५ लाख रुपैयाँमा संरक्षण कार्य अघि बढाएको छ । यसमा मन्त्रालयको ७० र गाउँपालिकाको ३० प्रतिशत बजेट हुनेछ ।

मनाङ ङिस्याङ गाउँपालिकाका सबइन्जिनियर योगेश काफ्लेका अनुसार ताल जोगाउन कुनापट्टिको ४० मिटरको दुई लेयरको चेकड्याम बनाइएको छ । बगरमा परिणत भएको तालबाट हिलो झिक्ने काम भइरहेको छ । तालको छेउमा साढे ३ मिटर उचाइ र एक सय ९३ मिटरको माटोको बाँध बनाइने छ । त्यसको बाहिर ढलान गरिनेछ । देखिने भागमा राम्रो देखिने ढुंगा छाप्ने कार्य गरिनेछ । त्यसमाथि रेलिङसहितको फुटपाथ बनाइने उनले बताए ।

निर्माण कम्पनीले २०७८ असोज पहिलो साता सम्झौता गरेर काम अघि बढाएको छ । १५ महिनामा काम सक्ने भने पनि यसको भौतिक प्रगति भने २० प्रतिशत मात्रै भएको सबइन्जिनियर काफ्लेले बताए । उनका अनुसार मंसिर मसान्तसम्म सम्झौताको म्याद छ ।

करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको उक्त ताल हिमपात नहुँदा नीलो, वर्षायाममा सेतो र हिउँदमा जमेको देखिन्छ । दुई वर्ष मनाङको स्थानीय विकास अधिकारी भएर बसेका कृष्णप्रसाद धितालका अनुसार सन् १९६० आसपास गंगापूर्ण ताल बनेको अध्ययन अनुसन्धानबाट देखिएको हो ।

उनका अनुसार टोनी हेगनले सन् १९५२-५४ तिर भ्रमण गर्दा उक्त स्थनमा ताल थिएन भनिन्छ । ताल बनेको साढे ६ दशक पनि नपुग्दै यो ताल अहिले संकटमा परेको छ । चक्रीय अन्नपूर्ण पदमार्गको एउटा गन्तव्य माथिल्लो मनाङमा पर्ने उक्त गंगापूर्ण हिमताल समुद्री सतहदेखि ३५४० मिटर उचाइमा अवस्थित मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्छ । यो हिमपात गंगापूर्ण हिमाल, अन्नपूर्ण चौथो, खाङसार हिमक्षेत्रबाट बगेको हिमनदीले बनेको हो ।

यही हिमतालमा डेढ वर्षअघि अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायत अभिनित बलिउड फिल्म ‘उचाइ’ को समेत छायांकन गरिएको थियो । तर अहिले तालको सुन्दरता पहिले जस्तो छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।