पूर्व विद्यार्थीहरूले शारदा विद्यालयमा स्थापना गरे अक्षयकोष

तेह्रथुम, २३ भदौ । तेह्रथुमको छथर गाउँपालिका-२ फयाकमा रहेको शारदा माध्यमिक विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीले अक्षयकोष स्थापना गरेका छन् । विभिन्न स्थानमा रहेका विद्यार्थीहरूको सक्रियतामा अक्षयकोष स्थापना गरिएको हो ।

बुधबार छथर गाउँपालिका-२ खैरेनीका किरण लिम्बूले ५१ हजार, छथर गाउँपालिका-२ हाल काठमाडौं- ३२ पेप्सीकोला निवासी निर्मला खनालबाट ५१ सय, छथर गाउँपालिका-२ खैरेनीका देबिन्द्र लिम्बूबाट १४ गरी गरी जम्मा ५७ हजार पाँच सय रुपैयाँ विद्यालयका प्रधानध्यापक बाेधबहादुर निरौलालाई हस्तान्तरण गरेका छन् ।

किरणका बुवा वीरबहादुर लिम्बूले प्रधानध्यापक निरौलालाई रकम हस्तान्तरण गरेका थिए । विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका अक्षयकोष स्थापना सुरु गरिएको हो । अक्षयकोषमा पाँच हजारभन्दा बढी सहयोग गर्ने दाताहरूको नाम शिलालेखमा समाबेश गरिने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।