किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा असल चरित्र

खोटाङ । किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा असल चरित्र चयन भएका छन् । बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पाँचौँ अधिवेशनबाट असल चरित्र किरात राई पत्रकार संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

संघको उपाध्यक्षमा कृष्णकला राई, सचिवमा योगीन राई, सह–सचिवमा रेमन राई र कोषाध्यक्षमा मेनुका चाम्लिङ चयन भएका छन् । सदस्यमा क्रिष्टिना राई, जीवन चाम्लिङ, राई अशोक, एल्जीना राई, पवित्रा राई र सदीक्षा राई चयन भएका छन् ।

केन्द्रीय प्रतिनिधिमा उजुर राई, सञ्जीव राई, गोमा राई र टिवन राईलाई चयन गरिएको छ । कार्यक्रम निवर्तमान अध्यक्ष गोमा राईको अध्यक्षता, किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीम राईको प्रमुख आतिथ्यता एवं किरात राई यायोक्खाका जिल्ला सचिव युगसन किरातको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

उद्घाटन–सत्रमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पा, एलबी मगर, डारविन चाम्लिङ लगायतका अतिथिको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।