इलेक्ट्रोनिक अटो टेम्पो हस्तान्तरण

बिरानगर, भाद्र २४।इटहरी उप-महानगरपालिका-६ स्थित रहेको बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई बिद्युतिय अटो टेम्पो हस्तान्तरण गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप आज एक कार्यक्रमको आयोजना गरी सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले चालक सहित ९ सिट क्षमता भएको एउटा बिद्युतिय अटो टेम्पो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै सन्थालियाले प्रहरी नागरीकको निम्ति अहोरात्र खटिएको हुनाले हामी सुरक्षित रहेका छौ भन्दै आगामि दिनहरुमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै रहने कुरा वहाँले बताउनु भयो ।

कार्यक्रममा प्रदेश प्रमुख गिरीले सोरुमका प्रबन्धक सन्थालियालाई बिशेष धन्यवाद दिनु हुंदै उक्त बिधुतिय अटो टेम्पो बिशेष गरी आ’त्म’ह’त्या रोकथाम तथा न्युनिकरण अभियानको लागि प्रयोग गरिने साथै प्रहरी गस्ति पेट्रोलिङको लागि पनि परिचालन हुने कुरा बताउनु भयो ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट प्रतिनिधिसभाका लागि सिफारिस
अत्तरिया, २४ भदौ (रासस) :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार सिफारिस हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) ले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो ।

पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तीमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरिएको हो ।

त्यस्तै प्रदेशसभा क र ख दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ तीन÷तीन जना सिफारिस भएका छन् । प्रदेशसभा क का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारिस हुनुभएको छ भने ख का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुँवर प्रख्यात सिफारिस हुनुभएको छ ।

समानुपातिकमा प्रदेशसभा क तर्फ गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विकलाई सिफारिस गरिएको छ । प्रदेशसभा ख तर्फ सिद्धराज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस हुनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।