लोकतन्त्र बुझाउन पोखरामा वीपी स्मृति पुस्तकालय

धनबहादुर गुरुङ/अन्नपूर्ण (कास्की), २५ भदौ (रासस) ः पोखराका गणेशबहादुर भट्टराई शुक्रबार पुस्तक पढ्नमा व्यस्त हुनुहुन्थ्यो । वीपी विचारबाट आकर्षित भट्टराईको हातमा ‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ नामक पुस्तक थियो । उहाँँसँगै नेपाली कांग्रेसका नेता कार्यकर्ता पुस्तक पढ्दै हुनुहुन्थ्यो । त्यहाँ उपस्थित सबैको अनुहारमा कान्ती थियो । आफ्ना रोजाइका नेपाली कांग्रेस र यससँग सम्बन्धत पुस्तक पढ्न पाइने गरी पोखरामा पुस्तकालय खुलेकोमा सबैले प्रशंसा गरिरहनुभएको थियो ।

‘विश्वेश्वरप्रसाद कोइराला आत्मवृत्तान्त’ पुस्तक पढिरहनुभएको भट्टराई पनि पुस्तकालय खुलेकोमा खुसी हुनुहुन्थ्यो । पोखरामा खुलेको वीपी स्मृति पुस्तकलयमा सबै वीपी कोइरालाले लेख्नुभएको र उहाँका बारेमा अरु लेखकले लेख्नुभएका पुस्तक पढ्न पाइने भएपछि हर्ष लागेको उहाँले बताउनुभयो । जसले गर्दा युवा पुस्तामा पढ्ने बानीको विकास हुने उहाँको तर्क थियो । विशेष गरी वीपी र नेपाली कांग्रेसका बारेमा त्यहाँ भएका पुस्तक पढ्ेपछि अझ बढी ज्ञान लिन सकिने भट्टराईले बताउनुभयो । शुक्रबार उहाँजस्तै धेरैले पुस्तकालय पुगेर पुस्तक पढिरहनुभएको थियो ।

यसरी पुस्तकालय स्थापना गरेर वीपी र उहाँसँग सम्बन्धित विषयमा ज्ञान छर्ने कामको चाँजोपाँजो मिलाएको हो, नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले । सबै व्यवस्था मिलाएर प्रदेश समितिले शुक्रबार एक सय नवौँ वीपी जयन्तीका अवसरमा पुस्तकालयको उद्घाटन गरेको हो । जहाँ राष्ट्रियता, प्रजातन्त्र र समाजवादसँग सम्बन्धित एक हजारभन्दा बढी पुस्तक तथा पत्रिका छन् ।

पुस्तकालयका लागि प्राज्ञिक व्यक्तिले निःशुल्क पुस्तक उपलब्ध गराएको पुस्तकालय व्यवस्थापन समितिका संयोजक प्रा डा कुशुमाकर न्यौपाले जानकारी दिनुभयो । पछिल्लो समय कांग्रेससँग सम्बन्धित कृतिको न्यूनता भएका कारण नै पुस्तकालको परिकल्पना गरिएको उहाँ सुनाउनुहुन्छ । “पछिल्लो समय नेपालभर नै कांग्रेससँग सम्बन्धी किताब पठन संस्कृतिको न्यूनता भयो”, उहाँले भन्नुभयो, “पढ्ने परिपाटीभन्दा पद, कुर्चीतिर मोह बढी भयो त्यसैले केही बुझाउनुपर्छ भन्ने महसुस भएपछि प्रदेश समितिले निर्णय गरेर व्यवस्थापनको जिम्मा मलाई दिएको हो ।” जुन लक्ष्यका साथ पुस्तकालयको स्थापना गरिएको हो सोहीअनुसार उद्घाटन कै दिनमा उल्लेख्य सहभागीता रहेको उहाँले बताउनुभयो । जसले गर्दा आगामी दिनमा अझ बढी पुस्तक राख्नुपर्छ भन्ने हौसला बढेको प्रा डा न्यौपानेले जानकारी दिनुभयो ।

प्रजातन्त्रमा व्यक्ति सर्वोच्च हुन्छ भन्ने बुझाउन पुस्तकालयको स्थापनामा जोड दिएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो । “वीपी कोइरालाले आफ्नो सारा जीवन व्यक्तिको सर्वोच्चताका लागि वितेको छ”, उहाँले भन्नुभयो, “आज म को हुँ भन्ने व्यक्तिले थाहा पाएन त्यसैले प्रजातन्त्रमा व्यक्ति सर्वोच्च हुन्छ भनेर बुझाउन पुस्तकालयको स्थापना गरिएको हो ।” व्यक्तिको उपयोगिताको महत्व बढाउँदै प्रजातन्त्रिक हकको रक्षा गर्नका लागि सम्पन्न बनाउने लक्ष्य पनि पुस्तकालयको रहेको सभापति शर्माले जानकारी दिनुभयो । जसका लागि वीपी र उहाँसँग सम्बन्धीत पुस्तकले सहयाग गर्ने उहाँको भनाइ थियो ।

शुक्रबारदेखि सञ्चालमा आएको वीपी स्मृति पुस्तकालयमा देशैभरका मानिसले अध्ययन गर्न सक्नेछन् । आगामी दिनमा लोकतन्त्रसम्बन्धी १० हजार पुस्तक थप गरेर लोकतन्त्र बुझाउने देशकै नमूना पुस्तकालय बनाउने योजना उहाँले सुनाउनुभयो । उद्घाटनको दिनमा पाठकको सहभागिताले झनै ऊर्जा थपिएको सभापति शर्माले बताउनुभयो । “आज जुनरुपमा पाठक आउनुभएको छ यसले हामीलाई यसलाई अझ परिस्कृत बनाउनुपर्छ भन्ने ऊर्जा थपिएको छ”, उहाँले भन्नुभयो, “यो सबैका लागि सधैँका लागि अनि आफ्नो क्षमताको अपनत्व बोध गर्ने अभियान यहाँबाट सुरु हओस् भन्ने हाम्रो चाहना हो ।”

पुस्तकालयको पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले उद्घाटन गर्नुभएको हो । उद्घाटपछि प्रा डा माथेमाले स्थापना गर्नुभन्दा पनि पछिसम्म सञ्चालन गर्नु चुनौतीको विषय भएको बताउनुभयो । सञ्चालनका क्रममा आइपर्ने चुनौतीलाई समाधान गर्दै देशकै उत्कृष्ट पुस्तकालय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।