प्रथम छिन्ताङदेवी कप भलिवल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी गाउंपालिकालाई
धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ३ मा सञ्चालित प्रथम छिन्ताङदेवी कप भलिवल प्रतियोगिताको जित भोजपुरको हतुवागढी गाउपालिकाले हासिल गरेको छ ।
भोजपुरकै आमचोक गाउपालिका सँग फाईनलमा भिडेको हतुवागढीले वेष्ट अफ फाईभ तीन गेम जित्दै नगद १ लाख पुरस्कार प्राप्त गरेको छ ।
दोश्रो भएको आमचोक गाउँपालिकाले ५० हजार पुरस्कार पाएको वडा नं २ का वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो । प्रतियोगिता छिन्ताङदेवी युवा क्लवको आयोजनामा भएको हो ।
यो पनि…
पाख्रीबासमा गुन्जिए कवि ध्रुव एलेक्स
धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका ४ आज कवितामय भएको छ । कवि ध्रुव पौडेल एलेक्सको एकल कविता वाचनले उपस्थित साहित्य पारखीलाई मन्त्रमुग्ध बनाएको छ ।
लुकेर रहेका साहित्यिक स्रष्टालाई अगाडि सार्ने र साहित्यिक माध्यमबाट समाज रुपान्तरणमा साहित्यकारको पनि भूमिका खेल्नका निम्ति विसं २०७३ मा पाख्रीबासका युवा साहित्यकारहरुको जमातले स्थापना गरेको पाख्रीबास कला साहित्य समाजको
आयोजनामा यहां “पाख्रीबास काब्य श्रृंखला-५” सम्पन्न भएको छ ।
श्रृंखलामा बिसं २०४८ असोज १४ गते जन्म भइ अंग्रेजी साहित्यमा स्नाकोत्तर गर्नु भएका जल्दाबल्दा साहित्यकार ध्रुव एलेक्सका ६ कविताहरु वाचन गरिएका थिए ।
कविको पहिलो कविता देशप्रति समर्पित गर्दै “मेरो देश” शिर्षकको कविताबाट सुरु गरि “कोठामा”,”हिटलरको मुस्कान”,”हरेक दुलोहरु खतरनाक हुन्छन्”,”बुढो भएपछि” हुंदै “सामन्तवाद” मा आएर कवि एलेक्सले श्रृंखलाको विट मारेका थिए ।
पहिलो सत्रमा कवि एवेक्सको एकल कविता वाचनपछि दोस्रो श्रृंखलामा प्रतिनिधि साहित्यकार,कलाकारहरुले गजल,कविता,मुक्तक वाचन गरेका थिए भने गीत गाएर पनि मनोरन्जन गराएका थिए ।
समाजका अध्यक्ष कवि प्रज्वल पुकार(प्रेम भण्डारी) ले संचालन गर्नु भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार रोशन परियार लगायत समाजका सदस्य ,साहित्यकार,साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।


