बिशिष्ठ ब्यक्तिको सुरक्षा तालिम उदघाटन

बिराटनगर, भाद्र २६ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा बिशिष्ठ ब्यक्तिको सुरक्षा तालिम उदघाटन भई तालिम संचालन भएको छ ।

आज बिहान यस कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाले तालिमको उदघाटन गर्नु भएको हो । तीन कार्य दिन अवधिको बिशिष्ठ ब्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा बिशिष्ठ ब्यक्तिको सुरक्षार्थ खटिएका प्रहरी बरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्म २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।

यो पनि…
तालिमका कार्यक्रम एक द्धारमार्फत गर्न आग्रह
काठमाडौँ, २६ भदौ (रासस) :नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले तालिममा एकरूपताका लागि हाल विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एक द्धारमार्फत गर्न आग्रह गरेको छ । तालिम कार्यक्रम एक द्धारमार्फत पूर्णरुपले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) वा सम्बन्धित निकायमा आवद्ध संस्थामार्फत मात्र सञ्चालन गरिनुपर्ने महासङ्घले माग अघि सारेको हो ।

महासङ्घले आफ्नो आठौं स्थापना दिवसका अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ‘राष्ट्रिय तालिम तथा रोजगार दिवस–२०७९’ शुभकामना तथा ध्यानाकर्षण गराइएको हो । महासङ्घले उक्त क्षेत्रको बृहत्तर विकासका लागि बुँदागत रुपमा ध्यानाकार्षणसमेत गराएको हो ।

नेपालमा हाल उपलब्ध जनशक्तिसँग भएको सीपको प्रभावकारीताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविश्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण तथा आवश्यक्ताअनुसार योजना बनाइ कार्यान्वयन गर्नुपर्ने महासङ्घले माग अघि सारेकोे छ ।

तालिम नभइ रोजगारीको सिर्जना गर्न नसकिने उल्लेख गर्दै विदेश जानेहरु पनि दक्ष नबनी जादाँ न्युनतम पारिश्रमिक लिन बाध्य भएको महासङ्घको ठहर छ । तालिम लिएर र दक्ष भएर जानेले राम्रो कमाउने गरेको भन्दै महासङ्घले अनिवार्यरुपमा तालिम दिएर मात्रै दक्ष जनशक्ति तयार गरी विदेश पठाउन सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ ।

नेपालमा हाइड्रो, सडक निर्माणका आयोजनामा विदेशी कामदारसँग आश्रित हुनुपरेको यथार्थसमेत महासङ्घले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । आधारभुत गुणस्तर र मापदण्ड स्थापित गर्दै देशैभर हाल विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एक द्धारमार्फत गरिनुपर्ने महासङ्घको भनाइ छ ।

यसैगरी महासङ्घले देशका सबै राजनीतिक दलले आफ्नो घोषणापत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकास तालिमको आवश्यक्ता, रोजगारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सोही अनुरुप यस्को कार्यान्वयन गराउनमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।

महासङ्घका अध्यक्ष अच्युत नेपालले एक व्यक्ति, एक सीप र एक रोजगारी मौलिक हकका रुपमा सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । महासङ्घ नेपालमा विद्यमान रहेको बेरोजगारी, गरिवी निवारणमा रोजगार, स्वरोजगार र उद्यमशिलता सिर्जना गर्दै सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि मुख्य मेरुडण्ढ भएर स्थापित हुने उहाँको भनाइ छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रमोद बानियाँ र संस्थापक अध्यक्ष तथा नेपाली उपभोक्ता महासङ्घका अध्यक्ष चन्द्र साउदले शुभकामना दिनुभएको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।