प्र’तिबन्धित ला’गुऔ’षध सहित ५ जना पक्राउ
बिराटनगर, भाद्र २६ । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित ला’गुऔ’षध ब्रा’उन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धरान उप-महानगरपालिका-१५ का ३२ बर्षीय निश्चल बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी कुशेचौरी मोरङबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका पथरी शनिश्चरे-९ का २८ बर्षीय मिलन भण्डारी र २० बर्षीय अभिषेक लिम्बुको साथबाट ६०० मिलिग्राम ब्रा’उन सु’गर र ट्रा’माडोल ४८ चक्की, स्पा’ईसपेन ८५ चक्की सहित पक्राउ गरेको हो ।
यसै गरी झापाको मेचीनगर नगरपालिका -६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका धरान-१६ सुनसरीका ३७ बर्षीय युसुफ सुब्वा र २७ बर्षीय थोमस राईलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनाको थप अनुसन्धान भईरहेको छ ।
तालिमका कार्यक्रम एक द्धारमार्फत गर्न आग्रह
काठमाडौँ, २६ भदौ (रासस) :नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले तालिममा एकरूपताका लागि हाल विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एक द्धारमार्फत गर्न आग्रह गरेको छ । तालिम कार्यक्रम एक द्धारमार्फत पूर्णरुपले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) वा सम्बन्धित निकायमा आवद्ध संस्थामार्फत मात्र सञ्चालन गरिनुपर्ने महासङ्घले माग अघि सारेको हो ।
महासङ्घले आफ्नो आठौं स्थापना दिवसका अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ‘राष्ट्रिय तालिम तथा रोजगार दिवस–२०७९’ शुभकामना तथा ध्यानाकर्षण गराइएको हो । महासङ्घले उक्त क्षेत्रको बृहत्तर विकासका लागि बुँदागत रुपमा ध्यानाकार्षणसमेत गराएको हो ।
नेपालमा हाल उपलब्ध जनशक्तिसँग भएको सीपको प्रभावकारीताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविश्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण तथा आवश्यक्ताअनुसार योजना बनाइ कार्यान्वयन गर्नुपर्ने महासङ्घले माग अघि सारेकोे छ ।
तालिम नभइ रोजगारीको सिर्जना गर्न नसकिने उल्लेख गर्दै विदेश जानेहरु पनि दक्ष नबनी जादाँ न्युनतम पारिश्रमिक लिन बाध्य भएको महासङ्घको ठहर छ । तालिम लिएर र दक्ष भएर जानेले राम्रो कमाउने गरेको भन्दै महासङ्घले अनिवार्यरुपमा तालिम दिएर मात्रै दक्ष जनशक्ति तयार गरी विदेश पठाउन सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ ।
नेपालमा हाइड्रो, सडक निर्माणका आयोजनामा विदेशी कामदारसँग आश्रित हुनुपरेको यथार्थसमेत महासङ्घले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । आधारभुत गुणस्तर र मापदण्ड स्थापित गर्दै देशैभर हाल विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एक द्धारमार्फत गरिनुपर्ने महासङ्घको भनाइ छ ।
यसैगरी महासङ्घले देशका सबै राजनीतिक दलले आफ्नो घोषणापत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकास तालिमको आवश्यक्ता, रोजगारीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सोही अनुरुप यस्को कार्यान्वयन गराउनमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ ।
महासङ्घका अध्यक्ष अच्युत नेपालले एक व्यक्ति, एक सीप र एक रोजगारी मौलिक हकका रुपमा सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । महासङ्घ नेपालमा विद्यमान रहेको बेरोजगारी, गरिवी निवारणमा रोजगार, स्वरोजगार र उद्यमशिलता सिर्जना गर्दै सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि मुख्य मेरुडण्ढ भएर स्थापित हुने उहाँको भनाइ छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रमोद बानियाँ र संस्थापक अध्यक्ष तथा नेपाली उपभोक्ता महासङ्घका अध्यक्ष चन्द्र साउदले शुभकामना दिनुभएको थियो ।


