भोजपुरको धार्मिक पर्यटकीय क्षेत्र नागछाँगा ओझेलमा

टक्सार (भोजपुर), २६ भदौ । प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको पर्यटकीय गन्तव्यकामा सूचीकृत ऐतिहासिक एवं धार्मिक पर्यटकीय क्षेत्र नागछाँगा ओझेलमा परेको छ ।

रामप्रसाद राई गाउँपालिका र तत्कालीन जिल्ला विकास समितिको लागतमा नागछाँगा पुग्ने गोरेटो बाटोसँगै केही संरचनासमेत निर्माण गरिएको छ । उचित प्रचारप्रसार नहुँदा पर्यटकीय क्षेत्र नागछाँगा ओझेलमा परेको छ ।

यसलाई संरक्षण गर्न सकिएमा गाउँपालिकाको आर्थिक स्रोतको माध्यम बन्ने स्थानीय उत्तम राईले बताउनुभयो । यसको संरक्षणसँगै प्रचारप्रसारमा ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ ।

गाउँपालिको वडा नं ६ वैकुण्ठे र वडा नं २ धोद्लेखानीको सीमामा प्रसिद्ध धार्मिक तीर्थस्थल नागछाँगा पर्दछ । जहाँ ढुङ्गामा नागको चित्र देख्न सकिन्छ । परापूर्वकालमा सक्कली नाग बस्ने गरेको तर नजिकै रहेको गोल्माराजा र रानी भिरको राक्षस आएर मार्न खोजेपछि नाग भागेको किंवदन्ती रहेको पुजारी जयप्रसाद निरौला बताउनुहुन्छ ।

उक्त स्थानमा रहेको छाँगामा परापूर्वकालमा प्रत्यक्ष नाग नै देखिने गरेको स्थानीयको भनाइ छ । त्यसस्थानमा रहेको ठूलो आकर्षक झरनाबाट पानी झर्ने गरेको तर छाँगामाथि रहेका दुई वटा मूलको पानी बस्तीमा लैजादा पानी सुक्दै गएको छ ।

त्यस क्षेत्रमा रहेका नागछाँगा जस्ता ऐतिहासिक महत्वका सम्पदाको बृहत्तर विकास र संरक्षणका लागि रामप्रसाद राई गाउँपालिकालेसमेत आवश्यक योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

त्यस क्षेत्रको विकासका लागि बेहेरे विकास समाज उपसमिति रामप्रसाद राई गाउँपालिकाले स्थानीयस्तरमा छलफलसमेत चलाएर संरक्षण अभियानमा जुटेका स्थानीय बाजेन्द्र राईले बताउनुभयो ।

भोजपुरमा पर्यटकीय क्षेत्रमा सिलिचुङ, ट्याम्के, सेल्मे, सुन्तले, दिङ्ला, मैयँुम, हतुवा, साल्पा पोखरी, हाँसपोखरीलगायत रहेका छन् । जिल्लाका यस्ता क्षेत्रलाई पर्यटन विकास केन्द्रका रुपमा विकास गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारले पनि विशेष योजना ल्याउनुपर्ने स्थानीय बासिन्दा सन्तोष श्रेष्ठको भनाइ छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।