धनकुटामा ७१ किलो गाँजा सहित दुई जना पक्राउ, अटो र मोटरसाइकल बरामद

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–२ मान्दवा टोलबाट प्रहरीले ७१ किलो ३५ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शुक्रबार राति करिब ११ः५५ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी निरीक्षक भीमबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा को २ ह १२५ नम्बरको अटो (टेम्पो) रोकेको थियो। शंका लागेर गरिएको खानतलासीका क्रममा अटोभित्र प्लास्टिकका पाँच वटा बोरामा प्याक गरी राखिएको तयारी अवस्थामा रहेको ७१ किलो ३५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको प्र १-०४-००१ प ४७९१ नम्बरको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–२ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बु र वडा नं. ३ मादेनका ३२ वर्षीय मदन याखा रहेका छन्।

प्रहरीले गाँजासँगै अटो, मोटरसाइकल, शिखर लिम्बुको रेड्मी मोबाइल फोन, मदन याखाको की–प्याड मोबाइल फोनसमेत बरामद गरेको छ।

घटनाका सम्बन्धमा लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।