‘लेनिल पिक’मा लालबहादुर जिरेलले फहराए युवा संघको झण्डा

काठमाडौं, २७ भदौ । नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ नेपालको ताराअंकित झण्डा किर्गिस्तानको ‘लेनिन पिक’मा फहराइएको छ ।

दोलखा जिरीका आरोही लालबहादुर जिरेलले युवा संघको ताराअंकित झण्डा लेनिल पिकमा फहराएका हुन् । एक महिनाअघि संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नरेश शाहीले आरोही जिरेललाई संघको झण्डा हस्तान्तरण गरेका थिए ।

सर्वाेच्च शिखर सगरमाथासहित साना–ठूला थुप्रै हिमालको सफल आरोहण गरिसकेका आरोही जिरेलले एकीकृत समाजवादीको बागमती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्यसमेत हुन् ।

उनले मनास्लु, डवलम, पुमरी, मेरा पिक, सिंगा चुली, टेनपिक, दम्पोस पिक, लार्के पिक, अम्विगेप्चेन, आइसल्याण्डपिक, लवुजेपिक, सोलु पिक, लाङसिसरी, नयाँकाङ, एलापिक, रमुदङ, खाम्सेकुलगायत २६ बढी हिमाल रोहण गरिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।