म्याङलुङले राजनीतिक आस्थाको आधारमा कर्मचारी आतंकित बनाएको आराेप

तेह्रथुम, २८ भदौ । नेपाल निजामती कर्मचारी युनियन तेह्रथुमले म्याङलुङ नगरपालिकाले राजनीतिक आस्थाको आधारमा आतंकित बनाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

निजामती कर्मचारीहरू सरकारले विधिसम्मत तरिकाले खटाएको स्थानमा गई काम गर्न तयार भए पनि स्थानीय सरकार आफैं प्रक्रिया अवरुद्ध गर्ने र कर्मचारीहरू सुविधाभोगी छन्, खटाएको स्थानमा गएनन् काम गरेनन् भनेर भ्रामक प्रचार गरी कर्मचारीप्रति जनताको नजरमा नकरात्मक सन्देश दिन खोजिएको भन्दै ध्यानाकर्षण गरेको जनाएको छ ।

निःस्वार्थ, कर्मठ र कर्तब्यनिष्ठ कर्मचारीहरूमाथि म्याङलुङ नगरपालिकाले बिना कारण राजनीतिक आस्थाको आधारमा कर्मचारीको मनोबल गिराउने, निराश, हतोत्साहित र आतंकित बनाई क्षणिक एवं निहित स्वार्थ पूरा गर्न बिना माग छानीछानी दु:ख दिएको युनियनका अध्यक्ष सन्देश नेपालले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ ।

नगरपालिकाका कतिपय शाखामा वर्षौंदेखि एउटै कर्मचारी राखी आर्थिक चलखेल गर्ने जस्ता क्रियाकलाप भएको भन्दै युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।