प्रदेश १ प्रमुख खापुङ समक्ष प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश

मोरङ, २९ भदौ । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज प्रदेश नं १ लोकसेवा आयोगले तेस्रो (आर्थिक वर्ष २०७८/०७९) को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले प्रदेश लोकसेवा ऐन, २०७६ को दफा ४९ को उपदफा (१) बमोजिम उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै आयोगले प्रदेशका लागि आवश्यक दक्ष जनशक्ति आपूर्तिमा स्वच्छ र निष्पक्ष ढङ्गबाट कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आयोगलाई पूर्णरूपमा काम गर्ने वातावरण तयार गर्न आवश्यक पर्ने ऐन कानून निर्माणमा सङ्घ तथा प्रदेश सरकारको सहयोग रहने विश्वास जनाउनुभयो । उहाँले आयोगको कामप्रति सन्तुष्टि व्यक्त गर्दै आवश्यक साधन स्रोतको अभाव एवं कानूनी व्यवधान समाधानका विषयमा नीतिगत छलफल गर्ने धारणा राख्नुभयो ।

सो अवसरमा आयोगका अध्यक्ष भट्टराईले प्रदेशका मन्त्रालयले कुनै परामर्श र कर्मचारी माग नगरी आफूखुुसी कार्यालय सञ्चालन गरेको गुनासो गर्दै आयोगले आर्थिक वर्ष २०७८/०७९ मा रु पाँच करोड ३६ लाख ३९ हजार राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो ।

आयोगले सोही वर्ष दुई सय ८२ पदका लागि लिएको लिखित परीक्षाबाट दुई सय ८० छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको सोही अवसरमा जानकारी दिइयो । समारोहमा आयोगका सचिव बाबुराम खतिवडा, सदस्यद्वय सजना दाहाल र टीकादत्त राईलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।