भोजपुरका मासु पसलमा अस्वस्थ मासु, प्रशासनले ग¥यो फ्रिज नै बरामद

टक्सार (भोजपुर), २९ भदौ । जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनका क्रममा मासु पसलमा अस्वस्थ मासु बिक्री गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुगमन अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बुधबार गरिएको मासु पसलहरुको अनुगमनका क्रममा हप्ता दिन अगाडिदेखिको मासु समेत फ्रिजमा हालेर राखिएको अवस्थामा फेला परेको थियो । “नागरिकको स्वास्थ्यको समेत ख्याल नगरी पसलले अस्वस्थरूपमा मासु बिक्री गरेको पाइएको छ, ती सामग्रीसमेत बरामद गरिएको छ”, अनुगमन अधिकृत दाहालले भन्नुभयो ।

बजारको समीक्षा मासु पसल र तामाङ मासु पसललगायतका पसलमा अनुगमन भएको हो । मासु राख्न प्रयोग गरिएको फ्रिजसमेत फोहर भेटिएकाले सो समेत बरामद भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघुले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा घरेलु विकास कार्यालय, उद्योग वाणिज्य सङ्घ, पत्रकार, प्रहरीलगायतका सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

धेरै दिन अगाडिदेखि फ्रिजमा राखेर मासु बिक्री गरेका व्यवसायीलाई पत्र काटी जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन गरिएको अनुगमन अधिकृत दाहालले जानकारी दिनुभयो । चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासनले बजार अनुगमन तीव्र बनाएको हो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।