इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाको नव निर्मित भवन उदघाटन

झापा, भाद्र ३१ । झापाको मेचीनगर नगरपालिका-६ स्थित रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नव निर्मित कार्यालय भवन उदघाटन भएको छ ।

आज बिहान एक कार्यक्रमको आयोजना बिच १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री केदार कार्कीले नव निर्मित भवनको उदघाटन गर्नु भएको हो । भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी असुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित हुनु पर्ने बिषयमा जोड दिनु भयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो साथै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ सीमावर्तीक्षेत्रमा हुने अपराध, चोरी तस्करी नियन्त्रण गरी नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो ।

नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैया ६८ पैसाको लागतमा निर्माण सम्पन भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।