हराएकी बालिका राई सकुशल भेटियो

खोटाङ, १ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लाकी २२ महिनाकी बालिका स्नेहा राई घरबाट हराएकोमा केही समयपछि झाडीभित्र सकुशल भेटिएकी छन् ।

घरमा कोही नभएको समयमा शुक्रबार दिउँसो २ः३० बजे हराएकी स्नेहा आज बिहान घरदेखि करिब साढे दुई किलोमिटर तल झाडीभित्र एक्लै भेटिएकी हुन् । राम्रो बोल्न र हिँड्नसमेत नसक्ने स्नेहा घाँस काट्न जानुभएकी स्थानीय मिनकला राईले झाडीभित्र एक्ली बसिरहेका अवस्था सकुशल फेला पार्नुभएको निवर्तमान वडाध्यक्ष भीम राईले बताउनुभयो । “बालिकाको अवस्था हेर्दा सकुशल रहेको देखिन्छ”, उहाँले भन्नुभयो, “रातभर पानी परेको र लामो समयसम्म एक्लै रहेकाले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था पठाउने तयारी भइरहेको छ ।”

घाँस काट्न जानेक्रममा वनमारा, विभिन्न प्रजातिका बोटबिरुवा र खर ९घरको छाना छाउन प्रयोग गरिने घाँस० रहेको झाडीभित्र बच्चा रोएको आवाज सुनेपछि हेर्न जाँदा स्नेहालाई भेटेको मिनकलाले जानकारी दिनुभयो । “गाउँमा बच्चा हराएको हिजोदेखि नै हल्ला चलेको थियो”, उहाँले भन्नुभयो, “बिहान डोको लिएर घाँस काट्न जाँदा झाडीभित्र सानो नानी रोएको आवाज सुनेँ १ हेर्न जाँदा एक्लै बसिरहेकी देखेँ १ बोलाउँदा आउन नसकेपछि आफैँ झाडीभित्र गएर बोकेर बाहिर ल्याएँ १ अनि बच्चीको परिवारलाई बोलाएर आएपछि उनीहरुलाई बुझाएकी छु ।”

राम्रो बोल्न र हिँड्नसमेत नसक्ने बालिका हराएको जानकारी प्राप्त भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरी रभर खोजी कार्यमा लागेका थिए । बुबा उमेश छिमेकीकामा पितृकार्य तथा आमा प्रिती राई ठूली छोरीलाई विद्यालय लगेर गएको समयमा स्नेहा हराएको पारिवारिक स्रोतले जनाएको छ । नुनथलाको घटनाका बारेमा यथार्थ बुझ्न प्रहरीलाई निर्देशन दिइएको जिल्ला सुरक्षा समिति खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताउनुभयो । प्रजिअ सेढाईंले सामाजिक सञ्जालमा आएको हल्लाको पछाडि नलाग्न र आफ्ना बालबालिको हेरचाहमा ध्यान दिन जिल्लावासीलाई आग्रह गर्नुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।