खोटाङमा आ’त्मह’त्या रोकथाम तथा न्यूनीकरणसम्वन्धी सचेतनामूलक र्याली
खोटाङ, २ असोज । चिकित्सक तथा प्रहरीहरूले समयमै लक्षण पहिचान गर्न सके आ’त्म’हत्या रोक्न सकिने बताएका छन् । विश्व आ’त्मह’त्या रोकथाम दिवसको अवसरमा आइतबार जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको कार्यक्रमका उनीहरूले सबै आत्महत्या रोक्न नसकिए पनि समयमै लक्षण पहिचान गर्न सके आ’त्मह’त्या रोकथाम गर्न सकिने बताएका हुन् ।
जिल्ला अस्पताल खोटाङकी डा. नितु लामाले पटक-पटक आ’त्मह’त्याको विषयमा कुरा गर्ने मानिसले आत्महत्या गर्नसक्ने हुँदा त्यस्तो कुरा गर्ने साथीभाइ, आफन्त, छिमेकीलाई समयमै सम्झाइ-बुझाइ गर्नुपर्ने बताएकी छन् । ‘प्रायः मानसिक रोग भएका मानिसहरूले आ’त्मह’त्या गर्ने गरेको पाइएको हुँदा आफ्नो टोल छिमेकमा त्यस्ता बिरामी देखिएमा उपचारका लागि पठाउनु पर्छ,’ डा. लामाले भनिन्, ‘आत्महत्या समस्याको समाधा होइन, समस्याको सुरुवात हो भनेर बुझाउन सक्नुपर्छ ।’
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रामबालक रायले आ’त्मह’त्या गराउन सकने तरिका र पहुँच घटाउनुपर्नेमा जोड दिएका छन् । कीटनाशक, लागुपदार्थ, घरेलु ह’तियार, डोरीलगायतको पहुँचबाट मानसिक बिरामीलाई टाढा राख्नुपर्ने प्रहरी निरीक्षक रायको सुझाव छ । ‘डिप्रेसन, मद्यपान र सिजोफ्रेनिया जस्ता मानसिक समस्या भएका बिरामीको उपचार गर्ने । पूर्णरूपमा डिप्रेसनबाट बाहिर आउन साइकोथेरापी र औषधिद्वारा उपचार गर्नुपर्छ,’ प्रहरी निरीक्षक रायले भने, ‘आफैमा परिवर्तन, परिवारको माया र समाजको साथले एउटा मानिसलाई मृ’त्युको मुखबाट हटाउन सक्छ र समाजमा आत्महत्या दर घटाउन सकिन्छ ।’
खोटाङमा आ’त्मह’त्या दर बढ्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४९ जना, आर्थिक वर्ष २०७७/०७८ मा ६७ जना, आर्थिक वर्ष २०७८/०७९ मा ६७ जनाले आ’त्मह’त्या गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७९/०८० मा ९ जनाले आ’त्मह’त्या गरेको प्रहरी निरीक्षक रायले बताए ।
जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आ’त्मह’त्या दर बढी देखिएको छ । सबैभन्दा कम जन्तेढुंगा, बराहपोखरी, केपिलासगढी र साकेला गाउँपालिकामा आत्महत्या दर कम देखिएको रायले बताए । दिवसको अवसरमा आ’त्मह’त्या रोकथाम तथा न्यूनीकरणसम्वन्धी सचेतनामूलक र्याली निकालिएको थियो । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, डिएसपी मञ्जिल मुकारुङलगायतको उपस्थिति थियो ।


