खोटाङमा मतदाता घटे

खोटाङ, ३ असोज । खोटाङमा स्थानीय तहको निर्वाचनको तुलनामा आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदाता सङ्ख्या नौ सय ६० घटेको छ । गत वैशाख–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेको जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एक लाख ४२ हजार सात सय ९२ मतदाताले मात्र मतदान गर्न पाउने भएका छन् ।

आसन्न निर्वाचनमा पुरुष ७४ हजार सात सय २७ र महिला ६७ हजार आठ सय ६५ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । गत असार–१ गतेदेखि साउन–१९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानमा एक हजार दुई सय ७५ नयाँ मतदाता थप हुँदा पनि मतदात सङ्ख्या घटेको हो ।

मृ’त्यु भएका, बसाइँ सरेका र दोहोरो नाम भएका मतदाताको लगत कटाइएका कारण स्थानीय तहको निर्वाचनमा कायम रहेको मतदाता सङ्ख्या घटेको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो । करिब सात सय मतदाता बसाइँ सरेको, चार सयको हाराहारीमा मृत्यु भइसकेका र एक हजारको हाराहारीमा दोहोरो नाम भएका मतदाताको नाम हटाइएको कार्यालयले जनाएको छ ।

एकजना प्रतिनिधिसभा र दुईजना प्रदेशसभा सांसदको लागि मतदान हुने खोटाङमा एक सय ३६ मतदानस्थल र एक सय ९४ मतदान केन्द्र रहेका छन् । जिल्लाका विभिन्न पालिकाबाट चारवटा मतदानस्थल थप गर्ने प्रस्ताव आए पनि प्राविधिक कारणले नयाँ मतदानस्थल थप गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच, आगामी निर्वाचनका लागि आफूलाई टिकट दिन माग गर्दै जिल्लाका नेता राजधानी काठमाडौँ पुगेका छन् । जिल्ला पार्टी समितिको बैठकबाट आ–आफ्नो नाम लेखाएर सिफारिस गराएका नेताहरु अहिले टिकटका लागि काठमाडौँस्थित केन्द्रीय नेताहरुको घरदैलोमा धाउनेक्रम जारी छ ।

दश स्थानीय तह रहेको जिल्लामा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दल र नेकपा (एमाले) एक्लैबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) चुनावी तालमेलको गृहकार्यमा देखिएका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।