धनकुटा सागुरीगढीका राई सहित ह’त्याको घटनामा संग्लग्न २ जना पक्राउ

सुनसरी, ५ असोज ।सुनसरीको धरान उप-महानगरपालिका-२० की ६४ बर्षीया पुर्णसरी रईको ह’त्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ ।

भदौ २९ गते दिउँसो राई आफ्नै घरमा मृ’त अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानको क्रममा राईको शरिरमा धारिलो ह’तियारले काटिएको पाएसंगै ह’त्याको आशंकामा सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटना भएको केही दिनमा घटनामा संग्लग्न २ जनालाई पक्राउ गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान (RIT) समुह, संघिय प्रहरी ईलाका कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा परिचालन भएको प्रहरी अनुसन्धान टोलीले घटनामा संग्लग्न रहेका धनकुटाको सागुरीगढी गाउँपालिका-०८ ढुङ्गेका १८ बर्षीय निखिल भन्ने नकुल राई रहेको खुले संगै राईलाई असोज २ गते बिराटनगरको रानीबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका राईलाई सोधपुछ गर्ने क्रममा उक्त घटनामा भोक्राहा नर्सीङ गाउँपालिका – ६ का २० बर्षीय रन्जित कुमार साहको संग्लग्नता रहेको खुले संगै साहलाई समेत पक्राउ गरेको हो ।

ह’त्याको आरोपमा पक्राउ परेका राईले पुर्णसरी राईको धारिलो हतियार प्रहार गरी ह’त्या गरेको र राईले लगाएको सुनको सिक्री तथा कुन्डल समेत लुटेर लगेको खुल्न आएको छ। उक्त लुटेको सुनका गहना रन्जित कुमार साहको घरमा लुकाई छिपाई राखेको अवस्था बरामद भएको थियो ।

यसरी हत्या आरोपमा पक्राउ परेका दुबै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।