विद्युतको अनियमितताले उपचार गराउन लाइट बाल्नुपर्ने बाध्यता

दाने बोहरा/सिमकोट, ६ असोज । कहिले सिटामोलको अभाव त कहिले विद्युतको अभबले हुम्ला जिल्ला अस्पतालमा रातको समयमा सल्यक्रिया तथा प्रसूति गराउन टर्च लाइट बाल्नुपर्ने बाध्यता छ । भिडियो एक्सरे गर्न विद्युत् कहिले आउँछ भनेर कुर्नुपर्ने सास्ती हुम्लीबासीले बर्षेनि भोग्दै आएका छन्।

यो दुर्गम हिमाली जिल्लामा एक मात्रै जिल्ला अस्पताल भए पनि विद्युत् नहुँदा उपचारमा समस्या भोग्दै आउनु परेको छ । ग्रामीण बस्तीमा रहेका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पताल पाउने आशमा पुगेका बिरामीले झन बढी सास्ती खेप्नु परेको छ ।

नेपाल विद्युत् प्राधिकरणको हेल्दुम साना जलविद्युत् आयोजना वितरण केन्द्रले नियमित विद्युत् सेवा उपलब्ध नगराउँदा अस्पताल पुगेका बिरामीले राम्रोसँग सेवा नपाएको गुनासो गर्ने गरेका हुन् । पाँच सय किलोवाट क्षमता भएको जलविद्युत्ले नियमित विद्युत उपलब्ध गराउन नसक्दा सदरमुकामवासीसहित अन्य सेवाग्राहीले समस्या भोग्दै आउनु परेको छ ।

केही समयअघि परेको अविरल वर्षाले पहिरो जाँदा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सिमकोट शाखाका प्रमुख साजन ऐडीले बताउनुभयो । “ केही दिनअघि विद्युत्को नहर मर्मतका विद्युत् बन्द गरिए पनि लगातारको वर्षाले नहर नजिक पहिरो जाँदा थप समस्या बनाएको छ,” उहाँले भन्नुभयो, “मर्मत गर्ने भनेर कर्मचारी खटइ काम सुरु गरिए पनि वर्षाले समस्या निम्त्याएकाले सेवाग्राहीले अझै केही समय अध्यारोमा रात कटाउनुपर्ने अवस्था छ । ”

प्राधिकरणले प्रत्येक वर्ष नेपालीको महान पर्व दसँैंमा विद्युत् सेवा मर्मतका नाममा सेवा बन्द गर्दै आएको थियो । यहाँका नागरिकले अध्यारोमै दसैँ मनाउन पर्नाका साथै हिउँद याममासमेत १८ घण्टाको लोडसेडिङको समस्या खेप्दै आएका छन् ।

विद्युत् नियमित नहुँदा इलोक्ट्रोनिक पसल व्यवसायी, अस्पताल भर्ना भएका बिरामी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र सेवाग्राहीसहित सदरमुकाममा भएका दुईवटा सञ्चार माध्याम रेडियोले समेत सास्ती खेप्दै आएका छन् ।

लाइट बालेर उपचार

जिल्ला अस्पतालमा मङ्गलबार राति डिउटीमा खटिएका स्वास्थ्यकर्मी र बिरामीले आफ्नै लाइट बालेर उपचार गराए । प्राधिकरणले मर्मतका लागि विद्युत् सेवा बन्द गरेपछि सघन उपचार कक्षलगायत अस्पतालमा भर्ना भएका बिरामीले यस्तो समस्या भोग्नुपरेको हो ।

जिल्ला अस्पतालमा आउने बिरामीले पनि प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् । लोडसेडिङ हुँदा अस्पताल भर्ना भएका बिरामीको काममा बाधा भएको अस्पतालको रात्रिकालीन सेवामा खटिएका स्वास्थ्यकर्मीले गुनासो थियो ।

रातिको समय विद्युत् नहुँदा सघन उपचारमा आएका बिरामीलाई भिडियो एक्सरेदेखि अन्य सेवा दिन कठिनाइ छ । अस्पतालमा जडान भएको सोलारले घाम नलागेको बखत काम नगरेका कारण रातभर लाइट बालेर बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता भएको हो । विद्युत्बाट हुने सेवा दिन नसकिए पनि अन्य सेवा भने लाइट बालेर दिनुपर्दा बिरामीले स्वास्थ्यकर्मीमाथि गुनासो गर्ने गरेका छन् ।
यस्तै विद्युतको अभाबमा अक्सिजन दिनुपर्ने बिरामीलाई रातको समयमा अक्सिजन दिन नसकिएको, डिउटीमा खटिएका स्वास्थ्यकर्मी अध्यारोमा बस्ने गरेको, उझ्यालको अभाबमा बिरामीलाई दिसापिसाब गर्न जानसमेत समस्या हुँदै आएको छ । अस्पतालले मागेको समयमा विद्युत् उपलब्ध गराइए पनि नियमित नहुँदा समस्या भोग्नु परेको कार्यालय प्रमुख प्रेम सिंहले बताउनुभयो । पन्ध्र शय्याको उक्त अस्पतलामा यस्तै समस्याले गाजिरहेको छ ।

दुई गाउँपालिकाका सेवाग्राही अन्धकारमा

विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम सिमकोटवासीसहित खार्पुनाथ गाउँपालिकाका सेवाग्राही अन्धकारमा बस्दै आउनु परेको छ । दुई हजार दुई सयभन्दा बढी सेवाग्राहीले केही दिन यतादेखि अन्धकारमा रात कटाउँदै आएका हुन् । विद्युत् सेवा नहुँदा पुरानै दियालो बालेर रात कटाउनु परेको स्थानीयवासी गौगोरा बोहराले बताउनुभयो ।

जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत् सिमकोट गाउँपालिका–१देखि ८ सम्म र खार्पुनाथ गाउँपालिका–१,४,५ मा विद्युत् आपूर्ति हुँदै आएको छ । केन्द्रीय लाइन हुम्लामा अझैसम्म पुग्न सकेको छैन । सेवाग्राहीले यो पटक मात्रै मात्र नभइ महिनैपिच्छे यस्ता समस्य भोग्दै आउनु परेको छ ।

दसँैंमै मर्मत कर्मचारीको कमाइ खाने भाँडो

नेपाल विद्युत् प्राधिकरण कार्यालय दसैँमा कर्मचारीका लागि कमाइ खाने भाँडो जस्तै बनेको छ । दसैँ आउन केही दिन मात्रै बाँकी भएर विद्युत् सेवा अवरुद्ध भएको यो वर्ष मात्रै होइन् । गतवर्ष पनि यहाँका बासिन्दाले दसैँको समय अन्धकारमा बिताएका थिए । हिउँद याममा लोडसेडिङको मार खेप्दै आए पनि बर्सेनि दसैँको मुखमा सदरमुकामवासीले यो समस्याबाट छुटकारा नपाएको स्थानीयवासी बोहराले बताउनुभयो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।