प्रदेश १ प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन

बिराटनगर, असोज ७ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट जिल्ला प्रहरी प्रमुखहरुलाई चाडपर्व लक्षित सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको छ ।

आज दिउँसो भिडियो कन्फरेन्सद्वारा प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश ट्राफिक प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरुलाई आम नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी विजयादशमी, दीपावली तथा छठ पर्वमा बिशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुद बनाउन निर्देशन दिनु भएको हो ।

निर्देशनकै क्रममा वहाँले बस पार्कहरुमा यात्रुहरुको बढि चाप हुने हुँदा समयमै यात्रु सहायता कक्षको स्थापना गर्ने, लामो दुरीको सवारी साधनहरुमा २ जना सवारी चालक राख्न लगाई कडाईका साथ कार्यान्वयन गर्ने साथै मा.प.से. चेकिङ, ट्राफिक सहित संयुक्त चेकिङ र गस्ति पेट्रोलिङ बढाई कडाईका साथ चेकजाँच गर्न र बस पार्क तथा बसमा रहेका यात्रुहरुलाई यात्रा सुरक्षित बनाउन जनचेतनामुलक प्रशिक्षण समेत दिई नागरिकको सुरक्षामा खिटन निर्देशन दिनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।