चाडवाड नजिकिँदै गर्दा ऐसेलुखर्कमा सडक मर्मत सुरु

खोटाङ, ८ असोज । चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाई सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठ्माडौं ओहोर–दोहार गर्ने सडक मर्मत तथा सरफाई सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बूलेन्स सञ्चालन एबं चाडवाडका समयमा सहज आवत–जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाई सुरु गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

गाउँपालिकाले वर्षा याममा सडकमा खसेको पहिरो, ढुंगा माटो पन्छाउन सुरु गरेको हो । गाउँपालिका जोड्ने प्रमुख सडक सँगै गाउँपालिकाका ७ वडा जोड्ने सडक पनि मर्मत भइरहेको छ । कतिपय ठाउँमा जेसिभि पठाए र कतिपय ठाउँमा गाउँ प्रहरी परिचालन गरेर सडक मर्मत भइरहेको छ । स्वयं गाउँपालिका अध्यक्ष राई पनि सडक मर्मतमा खटिने गरेका छन् । ‘चाडवाड नजिकिएसँगै शहरबाट गाउँ फर्कने क्रम बाक्लिै गएको छ ।

पालिकाबासी आफ्नो घरसम्म सहज रुपमा यात्रा गर्न सकुन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘दुःखबिमार भएको बेला सहज रुपमा एम्बुलेन्सको आजत–जावत होस् भन्ने लक्ष्यका साथ सडक मर्मत सुरु गरिएको हो ।’

गाउँपालिकामा वर्षाको भलपानी र पहिरोका कारण सबै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी एम्बुलेन्स सञ्चालनमा कठिनाइ भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।