निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ, ९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा उल्लेख भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मकरूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को गत भदौ १७ गतेको बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को भदौ २७ को निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भदौ २७ को पत्रबमोजिम निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।(रासस)

सरकारले व्याकुल माइलालाई मासिक ५० हजार भत्ता उपलब्ध गराउने
काठमाडौँ, ९ असोज (रासस) :सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक रु ५० हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक रु ५० हजार दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री कार्कीले उक्त जानकारी दिनुभएको हो । बैठकले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ ।

सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्यूनीकरण गरी नागरिकको आवागमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सवारीसाधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता, सवारीको गति, टाइम कार्डको अवलम्बन गर्ने भएको छ । उक्त प्रयोजनका लागि अनुगमन, नियमन, सुपरीवेक्षण, निर्देशन र समन्वय गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिने निर्णय गरेको सञ्चारमन्त्री कार्कीले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले विज्ञापन बोर्डका लागि आर्थिक वर्ष २०७९/०८० का लागि अधिकृतस्तरका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको सरकारले विभिन्न स्थानीय तहलाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आव २०७९/०८० का लागि राजपत्राङ्कित स्तरका पदको अस्थायी दरबन्दी स्वीकृति गर्ने बैठकले निर्णय गरेको छ । माथिल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्र्रसारणलाइनको आर.ओ. डब्लु. र टावर प्याड संरचनाहरु निर्माण गर्नका लागि सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नं ३, ४, ५, ६ र ११ मा रहेको राष्ट्रिय वनभित्रको पाँच दशमलव ८११ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

प्राइभेट फर्म रजिष्ट्रेशन (चौधौ संशोधन) नियमावली, २०७९ लाई स्वीकृत गरेको बैठकले चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । राष्ट्रिय सतर्कता प्रहरी (तेस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गरिएको छ ।

मन्त्रिपरिषद्ले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषण गर्ने निर्णय गरेको छ । बैठकले क्यानाडाको ओटावामा असोज १९ देखि २० सम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वकृति दिएको छ ।

‘थर्ड मिनिष्टेरियल कन्फ्रेन्स अन रिजनल इकोनोमीको अपरेशन एण्ड इन्टिग्रेसन इन एशिया एन्ड दी प्यासिफिक’ मा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेललाई स्वीकृति दिने निर्णय भएको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।