चैत १५ भित्र योजना सम्पन्न गर्ने ऐसेलुखर्कको निर्णय

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चालु आर्थिक वर्षको विभिन्न शिर्षकमा विनियोजित बजेट तथा योजना चैत १५ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको १० औं बैठकले आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालन हुने योजना चैत १५ गतेभित्र सम्पन्न गर्ने/गराउने निर्णय गरेको हो ।

विगतका वर्षहरुमा समयमा उपभोक्ता समिति गठन नगर्ने, बेलामा सम्झौता नगर्ने तथा असार मसान्तमा हतारका काम सक्ने समस्या देखिएकाले चालु आर्थिक वर्षदेखि कात्तिक १५ गतेसम्ममा उपभोक्ता समिति गठन गरिसक्ने र मंसिर मसान्तभित्र सम्झौता गरिसक्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए ।

‘विगतका वर्ष अधिकांश ठूला तथा साना योजनाहरुको उपभोक्ता समिति गठन, सम्झौता तथा फरफारकको लागि आर्थिक वर्षको अन्तिममा तछाड–मछाड हुने गरेको देखिएको थियो,’ प्रवक्ता राजभण्डारीले भने, ‘बिल भरपाई मिलाउन हम्मेहम्मे परेको, पालिकाले कामको लोड थाम्न नसकेर रातरात काम गर्नु परेको तथा चुस्त दुरुस्त काम नभएको आंकलन सहित यो वर्ष समयमा नै काम सक्ने गरी तयारी गरिएको हो ।’

वर्षान्तमा काम गर्ने परिपाटीले दिगो विकास र पूर्वाधार निर्माण हुन नसकेको तथा विकासको नाममा विनाश भएको गाउँपालिकाको निष्कर्ष छ । राज्यले विकास निर्माणका लागि करोडौं लगानी गरेपनि समयमा काम नहुँदा बालुवामा पानी हाले सरह भइरहेको गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।