लुटपाटमा संलग्न ३ जना पक्राउ
इलाम, असोज ११ । ईलामको माई नगरपालिका-४ की ८० बर्षीया सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाटमा संग्लग्न रहेका ३ जनालाई प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
आईतवार बिहान ६ बजे बृद्धाले कान तथा घाँटीमा लगाएका बिभिन्न प्रकारका सुनका गहनाहरु र नगद समेत लुटपाट भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका मेचिनगर-३ झापाका २५ बर्षीय कुमार मगर, ३१ बर्षीय मनोराज राई र अर्जुनधारा नगरपालिका-३ का ३४ बर्षीय सन्तोष मगरलाई लुटपाट भएका सुनका गहना र नगद ४४ हजार ३ सय १३ रुपैया सहित आईतवार नै पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो पनि…
हेलम्बुमा स्याउसँगै चिया खेती
चैतारा, ११ असोज (रासस) ः स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ ।
हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरु लाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार तीन वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । सुरुमा उत्पादित बिरुवा गाउँपालिकाका सबैजसो वडाका किसानले करिब दुई हेक्टर जमिनमा चिया खेती गरेका थिए । खेर गएको बाँझो जमिनमा चिया खेती सुरु गरेका स्थानीयले थप तीन सय रोपनी जग्गामा खेती विस्तार गर्दै गाउँलाई चियाको पकेट क्षेत्र बनाउने लक्ष्यअनुसार खेती गरिरहेका छन् ।
गाउँका किसानले चिया खेती गर्ने योजना बनाएपछि गाउँपालिकाले कीर्तिपुरस्थित चिया तथा कफी विकास शाखासँग समन्वय गरी स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो । सातासम्म गरेको अध्ययनबाट समुद्री सतहबाट एक हजार दुईसय मिटरदेखि दुई हजार तीनसय मिटर उचाइसम्म चिया खेती सम्भव हुने पाइएपछि चियाको नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
“गाउँमै रोजगारी हुने मात्रै नभई पालिकालाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पु¥याउने अपेक्षा छ”, अध्यक्ष शेर्पाले भन्नुभयो, “चिया खेती थप गर्ने क्रममा रहेकाले गाउँमै प्रशोधन केन्द्र स्थापना गर्ने योजना रहेको छ ।” गाउँपालिकाको अन्नबालीको उत्पादन कम हुने क्षेत्रमा नगदेबालीको रुपमा फलफूल तथा अन्य खेतीलाई प्राथमिकता दिने योजनाअनुसार गाउँपालिकामा स्याउ तथा चिया खेती गर्न थालिएको हो ।
यस्तो खेतीबाट गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै थप पर्यटन प्रवद्र्धनका लागि गाउँवासीकै सक्रियतामा चिया खेती लगाएको गाउँपालिका कृषि शाखा प्रमुख टोपबहादुर बरुवालले बताउनुभयो । हेलम्बु गाउँपालिकाको सहयोगमा अर्थाेडक्स चिया लगाइएको हो ।


