बाम्राङ चुप्लामा माल्टे खानेपानी योजना सञ्चालन

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ चुप्लास्थित माल्टे खानेपानी योजना सम्पन्न भएको छ । प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको ४३ लाखको लागतमा सम्पन्न भएको खानेपानी योजना मंगलबार खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले उद्घाटन गरेका छन् ।

खानेपानी योजना सञ्चालनमा आएपछि चुप्लाका ४७ घरधुरी लाभान्वित भएका छन् । व्यवस्थित खानेपानीको अभाव झेल्दैआएका स्थानीयलाई लक्षित गर्दै स्थानीय युवा नेता युगसन किरातको पहलमा खानेपानी योजनाका लागि प्रदेशबाट आर्थिक वर्ष २०७८/०७९ मा ३० लाख र चालू आर्थिक वर्ष १३ लाख बजेट विनियोजन भएको थियो ।

चुप्लामा सात किलोमिटर दूरीमा रहेको माल्टे मुहानबाट पानी ल्याइएको हो । खानेपानी योजनाका लागि १० हजार लिटर क्षमताको दुईवटा रिजर्भ ट्यांकी निर्माण गरिएको प्रदेश खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय खोटाङका इन्जिनियर मोहन महासेठले बताए । पिउने पानीको अभाव रहेको चुप्लामा घरघरमा एक धारा सञ्चालनमा आएपछि स्थानीय हर्षित बनेका छन् ।

बाम्राङकै खत्रीगाउँ, थापागाउँ र तल्लो दलित टोलमा प्रदेश सरकारबाट चालू आर्थिक वर्ष १५ लाखको खानेपानी योजना सम्झौता भइसकेको र सुर्के गैरा टोलका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट सात लाख विनियोजन भएको छ । ‘दुवै योजनाको काम चाँडै अगाडि बढ्ने छ,’ किरातले भने, ‘वडाको बाँकी टोलमा अर्को साल योजना पारिने छ । खानेपानीमा हामी व्यवस्थित हुँदैछौं ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।