चट्याङ लागेर सुनसरीमा दुईको मृ’त्यु
इनरुवा, १२ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुईजनाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।
भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृ’त्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । (रासस)
भारतीय सीमानाकासहित सात स्थानमा सहायता कक्ष
बैतडी, १२ असोज (रासस) :चाडपर्व लक्षित गर्दै भारतीय सीमानाकासहित यहाँका सात स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका छन् । दसैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै सीमानाकासहित यहाँका विभिन्न राजमार्ग तथा सहायक सडकमा सहायता कक्ष सञ्चालन गरिएका हुन् ।
भारतसँग सीमा जोडिएको झुलाघाट, दशरथचन्द राजमार्गको पाटन, खोडपे तथा महाकाली राजमार्गको गोकुलेश्वर, खोचलेक, सतबाँझ र सदमुकामस्थित गोठलापानीमा सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दसँैतिहारका बेला यात्रुलाई गन्तव्यमा पु¥याउनका लागि सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । सञ्चालन गरिएका प्रत्येक सहायता कक्षमा कम्तीमा दुईजना सुरक्षाकर्मी खटिएका छन् । उहाँले भन्नुभयो, “चाडपर्वको समयमा भीडभाड हुने भएकाले यात्रुलाई परेको समस्या समाधान गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएका हुन्, समस्यामा परेका नागरिकले सहायता कक्षमा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।”
तोकिएको भाडाभन्दा बढी लिन नदिन, क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र यात्रुलाई सहजताका साथ गन्तव्यमा पु¥याउनका लागि यात्रु सहायता कक्षमार्फत काम भइरहेको सतबाँझस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक हबल्दार मोहन विष्टले जानकारी दिनुभयो ।
चाडपर्वमा लागि भारतबाट फर्कने नागरिक, जिल्लाबाट बाहिर जाने र आउने नागरिकको सङ्ख्या बढेकाले यात्रुलाई कुनै समस्या नहोस् भन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जनाएको छ । छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ । यसका साथै चाडपर्वलाई लक्षित गर्दै यहाँ ‘सुरक्षा योजना’ लागू पनि गरिएको छ ।


