विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउने

विराटनगर, १३ असोज । विराटनगरको सुन्दरताका लागि विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो ।

महानगर प्रमुख नागेश कोइरालाले विराटनगर सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तार व्यवस्थित बनाउन आग्रह गर्नुभयो । “हामीले लत्रिएका तार काट्न पनि सक्थ्यौँ, तर एकपटक तपाईहरुलाई आग्रह गरौँ भनेर हामीले बोलाएका हौँ”, प्रमुख कोइरालाले भन्नुभयो, “तपाईहरुले जतिसक्दो तारको व्यवस्थापन गर्नुस् नभए हामीले तार काट्छौँ ।”

जतात्यतै बिजुलीको खम्बामा तार झुण्डिएको र यसले सहरको सुन्दरता मात्र होइन कहिलेकाँही आगलागीको समस्या देखिने गरेकाले यसलाई व्यवस्थित गर्न प्रमुख कोइरालाले आग्रह गर्नुभयो । जथाभावी लत्रिएका तार सहजीकरण गर्न तथा सहयोग गर्न महानगरले सक्दो सहयोग गर्ने र यसका लागि इञ्जिनीयर अनिल सिंहलाई महानगरको तर्फबाट जिम्मेवारी तोकिएको हो ।

पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न प्रमुख कोइरालाले निर्देशन दिँदै भन्नुभयो, “विराटनगरलाई सुन्दर, सफा र व्यवस्थित गर्ने विषयमा कसैसित पनि सम्झौता हुँदैन, कम्तीमा कात्तिक मसान्तभित्र बजार क्षेत्रका तार व्यवस्थित गरिसक्नुहोस् ।”

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर सङ्कलनका लागि महानगर निर्मम तरिकाले लाग्ने बताउनुभयो । महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उहाँको भनाइ थियो ।
“ केवल र नेट व्यवसायीले कर तिर्न बाँकी छ भने चाँडै तिर्नुहोला, चाडवाडपछि एकदमै कडा रुपमा उत्रिनेछौँ”, अधिकृत कोइरालाले भन्नुभयो ।

वर्डलिङ्क, म्याक्स, क्लासिटेक, सुविसु, भायानेट, कनेक्टलगायतका प्रतिनिधिलाई बोलाएर महानगरले छलफल गरेको हो । महानगरभित्र पोलमा रहेका ६० प्रतिशत तार काम नलाग्ने रहेको बताइएको छ । म्याक्सका विराटनगर शाखा प्रमुख उमेश दाहालले भन्नुभयो, “पोलमा बिग्रिएका तार निकालिँदैन, त्यहीँ छाडिन्छ, त्यस्ता तार करिब ६० प्रतिशत छन् र काम लाग्ने तार ४० प्रतिशत मात्रै छन् ।”-(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।