खाँदबारीमा करेण्ट लागेर एकको मृ’त्यु

किमाथाङ्का, १४ असोज । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेण्ट लागेर एक जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । शुक्रबार दिउँसो तीन बजे खाँदबारी–१ चाँदनी चोकस्थित नेपाल रेडक्रस सोसाइटीको ब्लड बैङ्कको निर्माणाधिन भवनमा काम गर्ने क्रममा साइट इन्चार्ज विष्ट करेण्ट लागेर घाइते हुनुभएकोमा उपचारका क्रममा सङ्खुवासभा जिल्ला अस्पतालमा मृ’त्यु भएको प्रहरी नायव उपरीक्षक गोदारले बताउनुभयो ।

उक्त भवन तीन करोड ३२ लाख लागतमा निर्माण हुन लागेको हो । (रासस)

मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ : प्रदेश प्रमुख गुरुङ
गण्डकी, १४ असोज (रासस) :गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबै राजनैतिक दल दलिय स्वार्थभन्दा मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशसभा सचिवालयद्वारा पोखरामा आज आयोजित शुभकामना आदानप्रदान तथा कदरपत्र वितरण समारोहमा उहाँले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै मुलुकको विकास र समृद्धिका लागि राजनैतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भई तीन तहका सरकार निर्माण भएको स्मरण गराउँदै उहाँले उक्त उपलब्धिलाई टेकेर प्रदेशसभा निर्माण भएको स्पष्ट पार्नुभयो । जनताले प्रदेश सरकारबाट जुन आशा गरेका थिए त्यो पूरा गर्न सकियो वा सकिएन आत्मसमीक्षा गरेर अघि बढनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “चुनावमा हारजितभन्दा पनि महत्वपूर्ण मुलुक र संविधान हो भन्ने सबैले बुझ्नु अपरिहार्य छ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले शून्य अवस्थाबाट शुरु भएको प्रदेश सरकारले स्थापनाको पाँच वर्षको अवधिमा कानुन निर्माणसँगै विकास निर्माणको जग बसाल्न सफल भएको बताउनुभयो । मुलुकमा भएका परिवर्तनसँगै जनताका इच्छा र आकांक्षा पूरा गर्न नसकिए पनि विकास निर्माणका आधार तयार भएको उल्लेख गर्दै उहाँले कतिपय अधिकार सङ्घले हस्तान्तरण नगर्दा कामले सोचे जस्तो गतिलिन नसकेको बताउनुभयो । विकास निर्माण र समृद्धिको अभियानमा प्रदेशसभामा सबै दलको आपसी सहयोग रहेको बताउँदै उहाँले भन्नुभयो, “निर्वाचनपश्चात बन्ने प्रदेशसभा र सरकारलाई काम गर्ने वातावरण बनेको छ ।”

सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाबाट पाँच वर्षको अवधिमा ५९ कानुन निर्माण गरी कार्यान्वयको चरणमा रहेको जानकारी दिनुभयो । प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वव्यापीरुपमा पैmलिएको कोभिड–१९ को सङ्क्रमणमा प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेर औचित्य पुष्टि गरेको बताउनुभयो ।

प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रसहित उज्यालो प्रदेश, एकघर एक धाराजस्ता जनतासँग जोडिएका कार्यक्रम सञ्चालन गरेर मुलुकमा अब्बल प्रदेश बनेको बताउँदै उहाँले निर्माण भएका कानुनको कार्यान्वयन तथा समृद्धिका आधारको निरन्तरतामा जोड दिनुभयो । कार्यक्रममा पाँच वर्षे सफल कार्यकाल पूरा गर्न सफल गण्डकी प्रदेशसभाका सम्पूर्ण सदस्यलाई कदरपत्र वितरण गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।