लिम्बु विद्यार्थी मञ्च सुनसरीको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा हुक्पा चाेङवाङ निर्वाचित

विजयपुर । लिम्बु विद्यार्थी मञ्च सुनसरीको जिल्ला अधिवेशन सम्पन्न भएको छ । मञ्चको छैटौं अधिवेशनले सञ्जाेग हुक्पा चाेङवाङलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

अधिवेशन प्रदेश न.१ उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामको प्रमुख आतिथ्यमा सप्रन्न भएको थियोे । विशिष्ट अतिथिको रूपमा धरान उप-मेयर आईन्द्र विक्रम बेघा, पूर्व प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, लिम्बु विद्यार्थी मञ्च वरिष्ठ उपाध्यक्ष नितेश सिंघक, उपमहासचिवद्वय प्रदीप नेयोङ र सागर सरगम चेम्जोङको उपस्थिति रहेको थियो ।

पब्लिक स्कुलको खेल मैदानबाट सुरु भएको च्याब्रुङसहित र्‍याली सुरु भएर चुम्लुङ पुगेर खुल्ला सत्रमा परिणत भएको थियो । खुल्ला सत्रमा लिम्बू विद्यार्थी मञ्च सुनसरीको पहलमा प्रकाशित भएको “याक्थुङ पहिचान” नामक स्मारिका समेत लोकार्पण गरिएको थियो ।  जसलाई पूर्व सल्लाहकार हितराम तिल्लिङले सम्पादन गरेका छन् ।

सुनसरी जिल्लाभरिबाट १९ वटा क्याम्पसहरूको सहभागिता रहेको कार्यक्रममा शक्त्ति प्रदर्शन सहित सप्रन्न अधिवेशन पुरानो कार्यसमितिका सचिव सन्जोग हुक्पा चोङ्बाङ र हरि ईवाहाङले आर्थिक र साङ्गठनिक प्रतिवेदन पेस गर्दै सुरु भएको बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्दै वरिष्ठ पत्रकार हर्ष सुब्बा, उपमहासचिवद्वय सागर सरगम चेम्जोङ, प्रदीप नेयोङ र इन्दिरा नेम्बाङ रहेको बन्दसत्रको निर्वाचन मण्डलले सहमतीय पद्धति मार्फत नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष सन्जोग हुक्पाचोङ्बाङ, उपाध्यक्षहरू मुना चेम्जोङ र प्रदीप योङ्हाङ सचिवमा विनीता मादेन लिम्बु र सह- सचिवमा प्रदीप फाबेन लिम्बु, कोषाध्यक्षमा लक्ष्मण खवाहाङ लिम्बु चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा रमा वनेम, अर्जुन लाबुङ, सुसन चोङ्बाङ्क्याक, प्रवीण मुधेन्छङ, दीपेन्द्र आङ्बुहाङ, आरती नेम्बाङ, सन्जना अन्छङ्बो, विमल बोखिम, गोमि कुरुम्भङलाई चयन गर्दै सप्रन्न भएकोमा बन्द सत्रमा राजेन्द्र लिम्बूलाई मनोनीत सदस्यको रूपमा चयन गर्दै अधिवेशन सम्पन्न भएको छ । अधिवेशन निवर्तमान अध्यक्ष हरि इवाहाङकाे सभापतित्वमा भएको थियोे ।

याक्थुङ लिम्बु विद्यार्थीहरूकाे साझा संस्थाका रूपमा २०५५ चैत ६ गते लिवि मञ्चकाे स्थापना भएको थियोे । २०६५ मा सुनसरीमा पहिलोपटक तदर्थ समिति बनेको थियो । यस्तै,२०६७ चैत सुनसरीको पहिलो अधिवेशन आयाेजना गरिएको थियोे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।