खोटाङमा गुड्दागुड्दै बसमा आ’गला’गी
खोटाङ, १५ असोज । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आ’गला’गी भएको छ । काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आ’गला’गी भएको हो ।
बसमा आ’गला’गी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आ’गला’गी हुँदा बससहित बसमा भएका सामान ज’लेर न’ष्ट भएको छ । बसमा आ’गला’गी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन् ।
बसमा ३२ यात्रु सवार थिएm । उनीहरूलाई गन्तव्यसम्म पु¥याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो ।
गुड्दै गरेको बसको इन्जिनबाट आ’गो निस्केको यात्रुले बताएका छन् । आ’गला’गी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिनुभयो ।(रासस)


