उदयपुरमा ‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा

उदयपुर, १५ असोज । ईलाका प्रहरी कार्यालय रामपुरले ट्राफिक प्रहरी सहित लोजमार्गमा तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न टोली राडर गन सहित खटिएको छ ।

अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै चेक जाँच थालिएको हो । बेलकामा भएको दुर्घटना मध्ये ८० प्रतिशत दुर्घटना तीब्र गतिका कारण हुने गरेको तथ्याङक देखिएको छ । दुर्घटना मध्ये अधिकांश चतरा रुपनगर सडक खण्डमा तीब्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सुभाष खनालले बताए । चाडवाड नजिकिएसंगै ट्राफिक प्रहरीले चेक जांचलाई कडाई गरेको हो ।

दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले मदन भन्डारी लोकमार्गको सडकमा अभियान केन्द्रित छ । यसलाई अन्य लोकमार्गमा पनि लैजाने कार्यालयको योजना छ । प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधन बारे तत्काल संकेत दिने र ३ सय मिटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारी साधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारी साधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको अस्थायी ट्राफिक प्रहरी कार्यालय रामपुरका प्रमुख भेषबहादुर थापाले बताए ।

कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल सप्रमाण सहितको चिट दिई कारबाही गर्न पनि सहज हुन्छ । ‘पहिलो दिन भएकाले सम्झाई बुझाई गरेका छौ’ ट्राफिक प्रहरी प्रमुख थापाले बताए । राडार गनले सवारीको गति नापेर हेर्दा प्रति घण्टा एक सय किलोमिटर सम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीब्र गतिमा अधिकांश निजी कारहरु रहेका छन भने मोटरसाइकल पनि रहेका छन् ।

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न अस्थायी ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारवाही, आफु बचौँ अरुलाई बचाऔं, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेलाई कारवाही छाडा पशु र सवारी साधनमा रिफलेक्टर लगायतका अभियान बेलका ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।