राष्ट्रपतिद्वारा नव कन्याको पूजा

काठमाडौँ, १८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गर्नुभएको छ ।

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले नौ कन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभयो । ती कन्यालाई बालमन्दिरबाट लगिएको हो । दसँै पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रपतिले नवकन्याको पूजा प्रत्येक वर्ष गर्दै आउनुभएको छ ।

उक्त समारोहमा नव कन्याले अन्तिममा नृत्यसमेत गरेका थिए । सो नृत्यको राष्ट्रपति भण्डारीले अवलोकन गर्नुभएको थियो ।(रासस)

धुलिखेलको ‘दिगो विकास’ प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा पेस
काभ्रेपलाञ्चोक, १८ असोज (रासस) : धुलिखेल नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्यका पूरा भएका चार लक्ष्यको प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा पेस गरेको छ ।

नगरले दिगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको प्रतिवेदन गत अप्रिलमा सार्वजनिक गरेको थियो । नगरप्रमुख अशोक ब्याञ्जूले सङ्घको दिगो सहरी विकास विभागका प्रमुख कर्ट गारीगानलाई दिगो विकास लक्ष्य अन्तर्गत सन् २०२२ को प्रतिवेदन सोमबार थाइल्याण्डस्थित कार्यालयमा हस्तान्तरण गर्नुभएको हो ।

“दिगो विकास लक्ष्यअन्तर्गत सन् २०२२ को प्रतिवेदन सङ्घलाई बुझाए, यसलाई गौरवको विषय मान्नुपर्छ”, ब्याञ्जूले भन्नुभयो । उहाँले जुलाई पहिलो साता सङ्घको न्यूयोर्कस्थित कार्यालयमा १६३ देशका प्रतिनिधि सहभागी दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा सम्बोधन गर्दै धुलिखेलले दिगो विकास लक्ष्यमध्ये हासिल गरेका चार लक्ष्यका बारेमा जानकारी गराउनुभएको थियो ।

सार्वजनिक गरिएको प्रतिवेदनमा दिगो विकास लक्ष्यका चार सूचक पूरा गरेको जनाउँदै ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एशियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको छ । निर्वाचित जनप्रतिनिधि आएपछि नगरको गरिबीको अवस्था १४ बाट चार प्रतिशतमा झरेको, नगरले ८४ प्रतिशत स्थानीयवासीको घरमा खानेपानी (एक घर–एक धारा) पु¥याएको, गुणस्तरीय शिक्षाका लागि नगरले स्नातक तहसम्म अध्ययन गर्ने स्थानीयवासीका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुका साथै काभ्रेपलाञ्चोकको अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत निःशुल्क गरेको र नेपालमै पहिलो पटक ‘स्वस्थ सहर’ कार्यक्रम गरेको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

नगरले युनिसेफको सहयोगमा गरिबी निवारण, स्वस्थ सहर, गुणस्तरीय शिक्षा र गुणस्तरीय खानेपानीका लागि भएका प्रयासको स्वेच्छिक स्थानीय समीक्षापश्चात प्रतिवेदन सार्वजनिक गरिएको थियो । ब्याञ्जूले भन्नुभयो “अबको केही महिनामा ९९ प्रतिशत जनताकोे घरमा स्वच्छ खानेपानी पुग्नेछ भने केही वर्षभित्र औसत गरिबीको सङ्ख्या शून्यमा पु¥याउने लक्ष्य नगरले लिएको छ ।”

शिक्षामा गुणस्तरीयता कायम गर्न नगरले सामुदायिक विद्यालयमा ‘एमजीएमल’ विधि, अङ्ग्रेजी माध्यम तथा शिक्षकलाई प्रविधियुक्त तालिम, भौतिक पूर्वाधारको निर्माणलगायत कार्य गरेको छ । दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो जसले सन् २०३० सम्ममा सबै प्रकारका गरिवीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्दछ ।

दिगो विकासका १७ लक्ष्य तथा एक सय ६९ सहायक लक्ष्य दीगो विकासका लागि एजेण्डा २०३० को एउटा भाग हो, जुन संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्र सम्मिलित सेप्टेम्बेर २०१५ को ऐतिहासिक राष्ट्रसङ्घीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर सन् २०१६ देखि लागू गरेको थियो ।

विश्वभरका राष्ट्रिय सरकार तथा लाखौँ नागरिकलाई एउटै थलोमा ल्याई यी महत्वाकांक्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यी दीगो विकास लक्ष्य तय गरिएका हुन् । यसैबीच, नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले पाँच महिनाअघि बेलायतको संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा समेत चर्चा पाएको पर्यटकीय उक्त नगरले स्वस्थ सहरका लागि सङ्घीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सात प्रतिबद्धतासमेत जनाएको छ ।

सबै स्थानीय दलका प्रतिनिधिबीच अपनत्व बढाउने, स्वस्थ बातावरण, नसर्ने रोग पोषण तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचना केन्द्र सक्रिय बनाउने, स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि काठमाडौँ विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गर्ने उल्लेख छ ।

खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरमा प्रयोग फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ । “धुलिखेलको एउटा काम विश्वमा चर्चा हुनु गौरवको विषय बनेको छ” ब्याञ्जूले भन्नुभयो । उहाँका अनुसार अब स्वस्थ सहर अभियानका सर्वदलीय अपनत्व बढाइनेछ ।

नगरद्वारा भविष्यमासमेत जिवाश्म इन्धन अप्रसारसन्धी अभियान कार्यान्वयनको पहिलो प्राथमिकतामा राखिने जनाइएको छ । साथै, ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न नगरले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको योजना बनाएको छ ।

नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलो पटक ‘जिवाश्म इन्धन अप्रसारसन्धी’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दीगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।