तेह्रथुममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृ’त्यु

तेह्रथुम, १९ असोज । इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको मृ’त्यु भएको छ ।

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिनुभयो । उनको घट्नास्थलमै मृ’त्यु भएको हो ।

इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृ’तकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।(रासस)

थारु समुदायमा मुर्गा पुजन
खजुरा, १९ असोज (रासस) ःपश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ ।

कोरोनाको सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दसैँ मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दसैँ मनाइरहेको बाँके राप्तीसोनारी ९ का रामदास चौधरीले बताउनुभयो । “यस पटकको दसैँ निकै रमाइलो गरी मनाइँदै छ”, उहाँले भन्नुभयो, “विदेश गएका, कामका लागि बाहिर गएका, पढाइका लागि बाह्य क्षेत्रमा गएका छोरा र भाइ सबै एक ठाउँमा जम्मा भएका छौँ, निकै रमाइलो छ”,

उहाँका अनुसार दसैँका बेला थारु बस्तीमा नाचगान परम्परागत रुपमा चल्दै आएको छ । “महिला पुरुष, युवायुवती सबैको सामूहिकरूपमा नाचगानमा सहभागिता रहेको छ, यसबेला कुनै प्रकारको भेदभाव गरिँदैन, सबै समान हुन्छन्”, उहाँले भन्नुभयो ।

मङ्गलबार नवमीको दिन थारु समुदायले मुर्गा पुज्नाका रुपमा मनाएका छन् । बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ती बालेर मुर्गा पुजेका छन् । मुर्गा पुज्नुअघि देउथानमा रहेका देवताको अगाडि भात, तरकारी, घरैया रक्सी (घरमै बनेको मदिरा), पानी राख्नुपर्ने शम्भु थारुले बताउनुभयो ।

उहाँका अनुसार टपरीमाथि बह्रनी, जमरा, बेवरी, आदि चढाइएको हुन्छ । चढाइएका खाद्य पदार्थ पितृले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ । सिन्दूरले देवतालाई टीका लगाई जल, दूध, मदिराको धार देवतामा चढाउनुपर्दछ । त्यसपछि मात्रै मुर्गा पुज्ने क्रम सुरु हुन्छ । “दुई वटा कुखुराको भाले दुई अलग अलग देवतालाई बलि चढाउनुपर्छ”, स्थानीयवासी सीताशरण थारुले भन्नुभयो, “बलि चढाएपछि धुप, बेवरी, जमरा चढाई दूध, पानी, घरैया दारुको धार चढाई मुर्गा पुज्ने क्रम सकिन्छ ।” मुर्गा पुज्ने कार्य सकिएपछि घरका सबैसँगै सबेर सामूहिकरूपमा भोजन ग्रहण गर्दछन् । पितृलाई चढाइएका सामग्री नजिकको नदी, तलाउमा विसर्जन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्ति जाने गर्दछन् । यसमा महिलाको सक्रियता बढी रहने गर्दछ । यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ ।

सामूहिकरूपमा आयोजना हुने नृत्यले सामूहिक भावनाको विकासमा यसले मद्दत पु¥याउने उहाँको भनाइ छ । दसैँका बेला नाच १० देखि १५ दिनसम्म आयोजना गरिन्छ । अरु बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दसैँका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन रहेको छ ।

दसैँका बेला थारु समुदायका घरमा ढिक्री, सँुगुर, कुखुरा, खसी, बोकाको मासु, घोँघी, पोइक साग, फुलौरी, ठेक्वा, माछाका परिकार बनाइने गरिन्छ । यी परिकार घरमै बनाइएको अन्ती धानको गुरी जाँड र दारु (मदिरा)सँग खाने गरिन्छ । घरमा आएका पाहुनालाई यिनै परिकारले स्वागत गरिन्छ ।

थारु समुदायले असोजको शुक्ल पक्षको घटस्थापनाको दिन जमरा राखी सप्तमीदेखि दशमीसम्म दसैँ पर्व मनाउने गर्छन् । अष्टमीको दिनसम्म रातिका बेला मात्रै नृत्य देखाउने गरिन्छ । नवमीको दिनदेखि दसैँसम्म दिउँसोपख नृत्य देखाइने गरिन्छ ।

नृत्य गर्न अगाडि गुरुवाले पूजा पाठ गरी नृत्य टोलीका सदस्यलाई दैवीय विपत्तिबाट जोगाउनका लागि तन्त्रमन्त्र गर्ने गरेको अर्का स्थानीयवासी प्रतापशील थारुले बताउनुभयो । उहाँका अनुसार नाचमा सबैभन्दा बढी बाजामा मादल, झाली, मजैरा, घुँघरुलगायतको प्रयोग बढी हुने गर्छ ।

दसैँका दिन बाजागाजा र नृत्यसहित कोसेली बोकेर गाउँका मुखिया (वडघर)बाट टीका थाप्ने चलन थारु समुदायमा रहेको छ । थारु समुदायमा अरु समुदायको जस्तो दसैँदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने चलन भने छैन । थारु समुदायले दसैँको दिनमा मात्रै टीका थाप्ने गरेका छन् । पहिला चामलको पिठोको सेतो टीका दसैँका अवसरमा थारु समुदायले लगाउने गरेका थिए । हाल सेतो टीकासँगै रातो टीकासमेत लगाउने चलन चलेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।