मोरङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु
मोरङ, २४ असोज । मोरङको सुन्दरहरैचा नरपालिका–८ मा हिजो बेलुकी कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृ’त्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
दुर्घटनामा मृ’त्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४५ वर्षीय किरण बराईली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनरमा मृ’त्यु भएको हो । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ च ५२२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०२९ प ८१५४ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए ।
कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बिराटचोकले नियन्त्रणमा लिएको छ ।


