बुद्धएयरको २५ वर्षे यात्रा : जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना

काठमाडौँ, २४ असोज । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ । रजत जयन्ती मनाइरहेको कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । सन् १९९७ सेप्टेम्बर ११ तारिखका दिनदेखि व्यावसायिक हवाई उडान सुरु गरेको बुद्ध एयरले सन् २०२२ सम्म दुई लाख ६४ हजार नौ सय १८ उडानमार्फत कूल एक करोड ८० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कम्पनीले असोज २५ (अक्टोबर ११ तारिख) मा वार्षिकोत्सव मनाउँदै आएको छ । सुरुआती चरणमा एउटा बीचक्र्याफ्ट १९०० डि मार्फत डोमेस्टिक उडान सुरु गरेको कम्पनीले हाल ७२ सिटे एटिआर जहाजसहित १६ वटा जहाजबाट सेवा दिइरहेको छ । देशका विभिन्न ४३ वटा हवाई रुटमा सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले २५ वर्षे व्यावसायिक यात्राको दायरा फराकिलो बनाउँदै रजत जयन्तीबाट ५०औँ स्वर्ण जयन्तीसम्मको गन्तव्यका लागि नयाँ योजनाका साथ अघि बढ्ने बताउनुभयो । उहाँले यात्रुको सरल र सहज यात्रा तथा हवाई उडान सुरक्षामा कम्पनीले कुनै पनि सम्झौता नगर्ने भन्दै जहाजसँगै उडान गन्तव्य पनि क्रमशः विस्तार गर्दै लगिने बताउनुभयो । “म व्यक्तिले बुद्ध एयरलाई २५ वर्ष डो¥याएर यो सफलतामा पु¥याएको छु, अब कम्पनीलाई संस्थागत गरिनुपर्छ नयाँ धरातलमा जानुपर्छ, त्यसैले २५ वर्षे रजतजयन्ती मनायौँ, अबको २५ वर्षभित्र अर्को सफलताका लागि यात्रा तय गर्नुछ, त्यसैले केही न केही परिवर्तन गरेर जानैपर्छ”, प्रबन्धन निर्देशक बस्नेतले भन्नुभयो ।

उहाँले आवश्यकताअनुरुप कम्पनी सञ्चालन ढाँचा परिवर्तन गरेर कम्पनी मोडलमा पनि जान सकिने धारणा राख्नुभयो । कम्पनीसँग एक हजार ५०० हाराहारी कर्मचारी छन् । भारतको बनारसमा अन्तर्राष्ट्रिय उडान गरिरहेको बुद्ध एयरले उडान अनुमति पाएको खण्डमा पोखरा र नेपालगञ्जबाट नयाँदिल्ली उडान सञ्चालन गर्ने योजना बनाएको छ । कम्पनीले यसअघि भारतको कोलकात्ता केही समय उडान गरेको भए पनि व्यावसायिक ढङ्गले सञ्चालन हुन नसकेपछि उक्त गन्तव्यको उडान स्थगित गरेको थियो । प्रबन्धन दिर्नेशक बस्नेतले भन्नुभयो, “अन्तर्राष्ट्रिय उडान सोचेजस्तो सहज रहेनछ हरेक प्रक्रियालाई पूरा गर्दा कठिन हुने रहेछ, त्यसैले हाम्रो फोकस डोमेस्टिकलाई अझ प्रभावकारी बनाउने छ । सम्भव भएसम्म अन्तर्राष्ट्रिय उडान पनि गर्न सक्छौँ ।”

बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि दैनिक दुई उडान तथा नेपालगञ्जबाट पनि सोही सङ्ख्याको उडान अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणसँग मागेको थियो । अन्तर्राष्ट्रिय उडान एटिर ७२ जहाजबाटै गर्ने कम्पनीले जनाएको छ । मागेकोजति उडान नपाएकाले तत्काललाई कुनै निर्णय नभए पनि भविष्यमा यी गन्तव्यमा उडान गर्ने योजना रहेको प्रबन्ध निर्देशक बस्नेतले बताउनुभयो ।

बुद्ध एयरका निर्देशक आस्था बस्नेत थापाले कम्पनीको व्यावसायिक योजनाबारे जानकारी दिँदै हवाई सुरक्षा र सेवा गुणस्तरमा कुनै सम्झौता नगरिने स्पष्ट पार्नुभयो । उहाँले अथ तीन वटा एटिआर जहाज भित्र्याएर कम्पनीको गन्तव्य विस्तार गर्ने योजना सुनाउनुभयो । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार अहिले कम्पनीले दैनिक एक सय ५० बढी उडानमार्फत आठ हजार हाराहारी यात्रुलाई सेवा दिइरहेको छ । नेपालमा आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।